श्री जन जौ कुमारी शाही प्राथमिक बिद्यालय मनपाङ, तनहुँमा अस्थायी शिक्षकको रुपमा कार्यरत तृतीय श्रेणीकी शिक्षिका अनिता पोखरेल वाग्लेउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२५ गते ।
---------------------------------------------------

श्री जन जौ कुमारी शाही प्राथमिक बिद्यालय मनपाङ, तनहुँमा प्राथमिक तहमा अस्थायी शिक्षकको रुपमा कार्यरत रहेकी प्राथमिक विद्यालय तृतीय श्रेणीकी शिक्षिका अनिता पोखरेल वाग्लेको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन हुन भन्ने उजुरीउपर अनुसन्धान हुँदा निजले माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट School Leaving Certificate सरहको हाई-स्कुल परीक्षा उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी मिति २०५६।०८।१० गतेदेखि प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति पाई मिति २०७५।१२।०८ गतेसम्म विद्यालयमा कार्यरत रही सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गरेको देखिएकोले निज अनिता पोखरेल वाग्लेको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर पुष्टि भएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03