जिल्ला सर्लाही वाग्मती न.पा. वडा नं. ८ सोल्टीबजार वतन भएका श्यामकुमार श्रेष्ठउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२३ गते ।
-------------------------------------------

मोटरसाइकलले पछाडिबाट ठक्कर दिई दुर्घटना भएको सम्बन्धमा चालकको अनुमति पत्र नभएकोले निजको बदलामा सवारी चालक अनुमति पत्र प्राप्त गरेको अर्कै व्यक्तिको नाम राखी पीडित पक्षसँग मिलापत्र गराई औषधि उपचारको हकमा बिमा दाबीको लागि सिफारिस गरी पाउँ भनी मोटरसाइकल पक्षबाट जिल्ला सर्लाही वाग्मती न.पा. वडा नं. ८ सोल्टीबजार स्थायी वतन भएका श्यामकुमार श्रेष्ठले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरीक्षकलाई रु. १०,०००।– (दश हजार) घुस/रिसवत दिन खोजेकोले तत्काल निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उक्त रकमसहित दाखिला हुन आएको हुँदा सो सम्बन्धमा थप अनुसन्धान लागि नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा श्यामकुमार श्रेष्ठले मोटरसाइकल दुर्घटनाको विषयमा सवारी धनीको पक्षबाट बिमा लगायत औषधि उपचारको सिफारिसमा सहयोग गरिदिन भनी सवारी धनीको पक्षबाट प्रहरी निरीक्षकलाई घुस/रिसवत दिएको पुष्टि भएको हुनाले निज श्यामकुमार श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिंदा निजलाई बिगो रु. १०,०००।– (दश हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी घुस/रिसवत बापत दिएको बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10