ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नवीनकुमार झाउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०६ गते ।
---------------------------------------------------

ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नवीनकुमार झाले ट्रिपरको सम्पूर्ण कागजात हुँदा हुँदै पनि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको र नदिएमा ट्रिपर चल्न नदिने भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक नवीनकुमार झालाई सेवाग्राहीबाट रु. १,०००।–(एक हजार) लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला धनुषा क्षिरेश्वरनाथ नगरपालिका स्थित ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक नवीनकुमार झाले सेवाग्राहीसँग रकम नदिएमा टिपर चल्न नदिने भनी रु. १,०००।– (एक हजार) घुस/रिसवतवापत लिएको पुष्टि हुन आएको देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध भएकोले बरामद भएको बिगो रु १,०००।–कायम गरी निज प्र.स.नि. नवीनकुमार झालाई ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03