अस्थायी प्रहरी पोष्ट, कठुधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक बृजेशप्रसाद चौधरी घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।६।३० गते ।
------------------------------------------

अस्थायी प्रहरी पोष्ट, कठुधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक बृजेशप्रसाद चौधरीले नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरिद गरी ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक बृजेशप्रसाद चौधरीलाई सेवाग्राहीसँग रु.१३,०००।–(तेह्र हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download