जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ४ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०६।१ गते 
----------------------------------------
 
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुर शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री जनसेवा प्राथमिक विद्यालय जगरनाथपुर सिराका शिक्षक वीरेन्द्र महरा चमारले कुनै पनि परीक्षाहरू नदिई दस्तुरको बहानामा रू.४¸००¸०००।- जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (वि.नि.) राजेश्वर प्रसाद चौरसियालाई घुस रिसवत दिएर निजबाट गलत तथा नक्कली कागजातहरू प्राप्त गरी सोही गलत तथा नक्कली पत्रहरू र निज राजेश्वर प्रसाद चौरसियासँगको मिलेमतोमा आफू कार्यरत नै नरहेको श्री जनसेवा प्राथमिक विद्यालय जगरनाथपुर सिरा पर्सामा आफ्नो तलब भत्तासमेत निकासा गरी गराई गैरकानूनी ढंगबाट रू. १¸८५¸३६०।- तलब भत्ता भुक्तानी लिइखाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिँदा निज विरेन्द्र महरा चमारउपर घुस रिसवतवापत दिएको रकम रू.४¸००¸०००।-  र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको रकम रू.१¸८५¸३६०।-  समेत गरी विगो रू.५¸८५¸३६०।-(पाँच लाख पचासी हजार तीन सय साठी) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम सजाय गरी घुस रिसवतवापत दिएको रकम रू.४¸००¸०००।-  ऐ.को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी पुगेको विगो रू.१¸८५¸३६०।-(एक लाख पचासी हजार तीन सय साठी) ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको ।
जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले विरेन्द्र महरा चमारसँग विभिन्न दस्तुरहरूको बहानामा गैरकानूनी लाभ घुस रिसवत वापत रू. ४¸००¸०००।- लिएर नक्कली तथा गलत कागजातहरू उपलव्ध गराई सोही गलत कागजातहरूका आधारमा श्री जनसेवा प्राथमिक विद्यालय जगरनाथपुर सिरामा कार्यरत नै नरहेका निज विरेन्द्र महरा चमारसमेतले तलब भत्ता प्राप्त गर्ने गरी वदनियतसाथ रू.१¸८५¸३६०।–निकासा गरी गराई तलव भत्ता भुक्तानी दिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा घुस रिसवत लिएको रकम रू. ४¸००¸०००।- र आफ्नो अधिकारको दुरुपयोग गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको रकम रू.१¸८५¸३६०।– समेत गरी विगो रू.५¸८५¸३६०।- (पाँच लाख पचासी हजार तीन सय साठी) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम रू.४,००,०००।- ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी पुगेको विगो रू.१¸८५¸३६०।– (एक लाख पचासी हजार तीन सय साठी ) ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा विर्ता पर्साका भूतपूर्व प्रधानाध्यापक महेश प्रसाद यादव र श्री जनसेवा प्रा.वि. जगरनाथपुर सिराका प्रधानाध्यापक हकिम अन्सारीसमेतले राष्ट्रसेवक कर्मचारीसँगको मिलेमतोमा गलत तथा नक्कली कागजातहरूका आधारमा विभिन्न व्यक्तिहरूलाई शिक्षकको रुपमा तलवभत्तासमेत भुक्तानी दिलाउन गैरकानूनी लाभ प्राप्त गर्न जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (वि.नि.) राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिका निर्वाह गरेको देखिई निज प्रतिवादीहरू महेश प्रसाद यादव र हकिम अन्सारीले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम रू.१¸८५¸३६०।–(एक लाख पचासी हजार तिन सय साठी) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला 

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14