जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०६।१ गते
---------------------------------
 
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुर शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री जनसेवा प्राथमिक विद्यालय जगरनाथपुर सिराका शिक्षक अव्दुल्लाह राउत गदीले राहत शिक्षकको पदमा कार्यरत रही तलव भत्तासमेत भुक्तानी लिने खाने उद्देश्यका साथ कुनैपनि परीक्षाहरू नदिई दस्तुरको बहानामा रू.४¸१५¸०००।-( चार लाख पन्ध्र हजार) जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियालाई घुस रिसवत दिइ भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको  पुष्टि हुन आएकोले निज अव्दुल्लाह राउत गदीलाई रू.४¸१५,००० (चार लाख पन्ध्र हजार) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा(१)  को देहाय खण्ड (घ) बमोजिम सजाय गरी घुस रिसवतबापत दिएको रकम रू.४,१५,०००( चार लाख पन्ध्र हजार) ऐ.ऐनको दफा ३ को उपदफा (३) बमोजिम असुलउपर गरी जफत हुन मागदावी लिइएको ।
 
जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले विभिन्न दस्तुरहरूको बहानामा अव्दुल्लाह राउत गदीबाट गैरकानूनी आर्थिक लाभ रू.४¸१५¸०००।- घुस रिसवत लिई नक्कली तथा गलत कागजातहरू उपलव्ध गराई विद्यालयमा कामकाजमा लगाउनेसमेतका कार्य गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी राजेश्वर प्रसाद चौरसियालाई रू.४¸१५¸०००।–(चार लाख पन्ध्र हजार) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी घुस/रिसवतबापत लिएको रकम रू.४¸१५¸०००।–(चार लाख पन्ध्र हजार) ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03