वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा.डा.राज कुमार रौनियार समेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।


विषय: आरोप-पत्र दायर गरिएको । 
----------------------------------------------------

वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठान धरानको होष्‍टेल तथा फार्मेसी भवन निर्माणको ठेक्‍का लिने श्याम सुन्दर निर्माण सेवा प्रा.लि. को सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रा.लि. का प्रबन्ध निर्देशक सुशिल कुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा र बिभिन्‍न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्‍ठानका उप-कुलपति प्रा. डा. राज कुमार रौनियारले पटक पटक कमिसन बापत घुस रिसवत लिएको भनी अडियो भिडियो सहितको उजुरी मिति २०७६/०३/१६ गते आयोगमा दर्ता भएको र उक्त उजुरीको बिषयमा आयोगमा अनुसन्धान भइरहेको अवस्थामा निज उपकुलपति प्रा. डा. राज कुमार रौनियारले फार्मेसी भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि उजुरी निवेदक सुशिल कुमार झालाई बोलाई भुक्तानी दिनुपर्ने रकमबाट थप रु.८,००,०००।- कमिसन बापत घुस रिसवत माग गरेको भन्‍ने समेतको मिति २०७६/०३/२५ गते आयोगमा पेश गरेको अर्को उजुरीका आधारमा आयोगबाट खटिई गएको टोलीले वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठान, धरानका उपकुलपति प्रा. डा. राज कुमार रौनियारलाई निजले उजुरी निवेदकबाट घुस रिसवत लिई सोही प्रतिष्‍ठानमा हाउस अफिसरको रुपमा कार्यरत आफ्नै भतिज डा. रामहरी रौनियारलाई आफ्नो निवास A5 ब्लकमा राख्‍न पठाइसकेपछिको अवस्थामा निजकै कार्यकक्षमा फेला पारी रितपूर्वकको कानूनी प्रक्रिया पूरा गरी निज प्रा. डा. राज कुमार रौनियारलाई नियन्त्रणमा लिइएको र निजको निवास A5 ब्लकमा रितपूर्वक खानतलासी गर्दा निजको निवास भित्र रहेको सोकेसको घर्रामा निजले रिसवत बापत लिएको रू.८,००,०००।–फेला परेकोले खानतलासी तथा बरामदी मुचुल्का गरी उल्लिखित रकम सहित निजको भतिज डा. रामहरी रौनियारलाई समेत सोही A5 ब्लकबाट नियन्त्रणमा लिई आयोगबाट थप अनुसन्धान हुँदा निज राजकुमार रौनियारले उजुरी निवेदकबाट पटक पटक गरी जम्मा रु.१,२८,००,०००।- घुस रिसवत लिएको सप्रमाण पुष्‍टि हुन आएकोले निज राजकुमार रौनियार र निजको भतिज डा. रामहरी रौनियारलाई देहाय अनुसारको सजायको मागदाबी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
क) आरोपी प्रा.डा.राज कुमार रौनियारको हकमा 
--------------------------------------------------------
निज प्रा. डा. राज कुमार रौनियारले भ्रष्‍टाचार निवारण ऐन, २०५९ कोदफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्‍टि हुन आएकोले निज प्रतिवादी प्रा. डा. राज कुमार रौनियारलाई बिगो रू.१,२८,००,०००।– (एक करोड अठ्ठाईस लाख) कायम गरी भ्रष्‍टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम जरिवाना र कैद सजाय हुन र निज 
प्रा. डा. राज कुमार रौनियार नेपाल सरकारको बिशिष्‍ट श्रेणीको पदाधिकारी भएकोले निजलाई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदावी लिइएको
 
ख) आरोपी डा. रामहरी रौनियारको हकमा 
-------------------------------------------------- 
निज डा. रामहरी रौनियारले रिसवत लिनेखाने कार्यमा मतियार भई कार्य गरेको तथ्य सप्रमाण पुष्‍टि हुन आएकोले निजले भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिमको कसुर गरेको देखिँदा निजको हकमा बिगो रू.८,००,०००।- (आठ लाख) कायम गरी सोही ऐनको दफा २२ बमोजिम भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) अनुसार कैद र जरिवाना हुन मागदावी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


ग.उजुरी निवेदक सुशिल कुमार झाको हकमा 
---------------------------------------------------
निज सुशिल कुमार झाले मिति २०७६/०३/२६ भन्दा अगाडिका मितिहरूमा समेत पटक पटक गरी आरोपी राज कुमार रौनियारलाई रू.१,२०,००,०००।- घुस रिसवत बापत दिएको कुरा निज स्वंमले आयोग समक्ष गरेको बयान ब्यहोरा साथै बुझिएका दिवाकर कार्कीको कागज ब्यहोराबाट समेत खुल्न आई निजले घुस रिसवत दिई भ्रष्‍टाचार निवारण ऐन, २०५९ मा परिभाषित कसुर गरेको देखिएता पनि निजले आयोगको अनुसन्धान कार्यमा सहयोगी भूमिका निर्वाह गरी यस भन्दा अगाडि बुझाएको घुस रिसवत रकमहरूका सम्बन्धमा समेत उजुरी दिई अडियो भिडियो समेतको प्रमाणहरू आयोग समक्ष दाखिला गरी अनुसन्धानमा सहयोग गरेको, र उक्त बिषयको अनुसन्धानकै अवधिमा मिति २०७६/०३/२६ गते आयोगबाट उपलब्ध गराइएको रिसवत रकम आरोपीलाई बुझाई निजलाई रिसवत सहित पक्राउ गर्न सहयोग गरेको देखिँदा निज निवेदक सुशिल कुमार झालाई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ५५ मा ब्यबस्था भए बमोजिम आयोगको साक्षीको रुपमा प्रस्तुत गरी सजायमा पूर्ण छुट दिइएको ।


घ.सवारी चालक दिवाकर कार्कीको हकमा
---------------------------------------------------
निज दिवाकर कार्कीले निवेदक सुशिल कुमार झाबाट पटक पटक गरी रू. १,०६,००,०००।– बुझी उपकुलपति प्रा. डा. राज कुमार रौनियारलाई दिएको भन्‍ने ब्यहोरा निज स्वयंको बयान र निवेदक सुशिल कुमार झाको बयान ब्यहोराबाट खुल्न आई निजले घुस रिसवत लिने दिने कार्यमा प्रत्यक्ष संलग्न भै भ्रष्‍टाचार निवारण ऐन, २०५९ मा परिभाषित कसुर गरेको देखिएता पनि निजले यस भन्दा अगाडि सुशिल कुमार झासँग लिई राज कुमार रौनियारलाई बुझाएको घुस रिसवतको सम्बन्धमा सम्पूर्ण ब्यहोरा खुलाई आयोगको अनुसन्धान कार्यमा सहयोग गरेको देखिँदा निज सवारी चालक दिवाकर कार्कीलाई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ५५ मा ब्यवस्था भए बमोजिम आयोगको साक्षीको रुपमा प्रस्तुत गरी सजायमा पूर्ण छुट दिइएको ।

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12