भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी नारा उपलब्ध गराइदिने सम्बन्धी


भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी नारा उपलब्ध गराइदिने सम्बन्धी सूचना
 
(प्रकाशित मिति 2078/09/13)
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं स्थापना दिवस (२०७८ माघ २८) को उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धी नारा (Slogan) संकलन गरी उत्कृष्ट नाराहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको हुँदा मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी https://bit.ly/CIAASLOGAN78 मार्फत वा इमेल ठेगाना niti@ciaa.gov.np मा मिति 2078 पौष 30 गते बेलुका ४:०० बजे सम्ममा उपलब्ध गराई दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। उत्कृष्ट नारा पठाउने १० (दश) जना व्यक्तिहरुलाई पुरस्कार स्वरुप जनही नगद रु. २००० (दुई हजार रुपैयाँ मात्र) बैंक खातामा उपलब्ध गराईनेछ। पुरस्कृत नाराहरु आयोगले विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरुमा प्रयोग गर्नेछ। इमेल मार्फत नारा पठाउँदा तपसिल बमोजिम गर्नुहुन अनुरोध गरिन्छ।
 
::तपसिल::
नारा सम्बन्धी विवरण
विषयवस्तु:- भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन गर्न सहयोग पुर्‍याउने सन्देशमूलक नारा हुनु पर्नेछ।
भाषा:- नेपाली भाषामा लेखिएको हुनु पर्नेछ।
व्याख्या:- नाराले दिन खोजेको सन्देशको छोटकरीमा व्याख्या समेत गरेको हुनु पर्नेछ।
 
इमेल पठाउँदा उल्लेख गर्नुपर्ने विवरणहरु
 
नारा:-
नाराको संक्षिप्त व्याख्या:- 
नारा पठाउने व्यक्तिको पुरा नाम:- 
जन्म मिति:-
लिंग:-
 
स्थायी ठेगाना:-
हालको बसोबासको ठेगाना:- 
मोबाइल नम्बर:-
बुबाको नाम:-

Your Device Cannot read PDF. Click to View

Download Now