प्रतिवादी निर्मल प्रसाद सिटौला रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।१२।१४ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:
प्रतिवादी निर्मल प्रसाद सिटौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिमको कसुरमा गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति बिगो रु.१,६१,२०,००४।३० कायम गरी सोही ऐनको दफा १४ बमोजिम कैद र जरिवाना सजाय गरी त्यसरी गैरकानुनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्तिसमेत जफत हुन,
विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८१।०२।२७ को फैसलाबाट सफाई दिएको-: 
• प्रतिवादीबाट भएको कार्य नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) कर्मचारी विनियमावली २०८० को विनियम १२६ (झ) अन्तर्गतको विभागीय कारवाहीको विषय हुने हुँदा आरोपित कसूर बमोजिमको भ्रष्टाचारजन्य कार्य मान्न नमिल्ने।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१२।१४ मा पुनरावेदन गरिएको छः-
देहाय:
क. प्रतिवादी निर्मल प्रसाद सिटौलाले नेपाल टेलिकमको स्वीकृती विना निजी कम्पनी Himdung and Thokar Construction Pvt. Ltd. को २० प्रतिशत शेयर खरिद गरी संस्थापक शेयर धनी बनी कम्पनीमा निर्देशकको हैसियतमा आ.व.०६९/७० देखि काम गरिरहेको, परिश्रमिक वापत रकम बुझेको तथा विभिन्न ठेक्का पट्टामा सम्झौता गर्ने लगायतका कार्यमा समेत सामेल भई Himdung and Thokar Construction Pvt. Ltd. कम्पनीबाट रु.४५,१७,५००।- पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय रु.१,१६,०२,५०४।३० समेत गरी जम्मा रु.१,६१,२०,००४।३० गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्बन्धमा प्रतिवादीले कार्यालयको अनुमति नलिई कार्य गरी आय आर्जन गरेको भनी प्रतिवादीले कसुर स्वीकार गरेको देखिएकोले मिसिल संलग्न प्रमाण मूल्यांकन नगरी भएको फैसला त्रुटीपूर्ण रहेको।
ख. प्रतिवादी निर्मल प्रसाद सिटौलाले अनुसन्धानका क्रममा वयान गर्दा “मिति २०६९/९/२ देखि Himdung and Thokar Construction Pvt. Ltd. मा शेयर धनी सदस्य हुँ। क्र.सं.८०००१ देखि १००००० सम्म जम्मा २०००० कित्ता शेयर मेरो नाममा छ, स्वीकृती नलिई काम गर्ने छैन” भनी कसुर स्वीकार गरी वयान गरेको।कसूरबाट सफाई पाउने मनसायले अदालत समक्षको वयानका क्रममा हिमडुङ्ग एण्ड थोकर कम्पनीको संचालक समितिको बैठकले २० प्रतिशत सेयर प्रोत्सहान स्वरुप मलाई नि:शुल्क रुपमा प्रदान गर्ने निर्णय गरेको थियो भनी आफ्नै वयानलाई खण्डित गरेतापनि हिमडुङ्ग एण्ड थोकर कम्पनीको संचालकले अनुसन्धानको वयानका क्रममा २०/२० प्रतिशत शेयर खरिद गरी एकैसाथ कम्पनीको संचालकको रुपमा प्रवेश गरेका हौ निजलाई कम्पनीले शेयर होल्डर बन्न कुनै अनुचित दवाव प्रभाव नदिएको निज स्वयमले स्वेच्छाले शेयर खरिद गरेको हो भनी स्पष्ट खुलाई दिएकोले प्रतिवादीले अदालत समक्ष गरेको २० प्रतिशत सेयर प्रोत्सहान स्वरुप नि:शुल्क रुपमा प्रदान गर्ने निर्णय गरेको थियो भन्ने वयान बेहोरा खण्डित भएको देखिंदा देखिंदै प्रतिवादीलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
ग. प्रतिवादी निर्मल प्रसाद सिटौलाले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कानूनी प्रावधान विपरित नेपाल टेलिकमको स्वीकृती विना निजी कम्पनी Himdung and Thokar Construction Pvt. Ltd. को २० प्रतिशत शेयर खरिद गरी संस्थापक शेयर धनी बनी कम्पनीमा निर्देशकको हैसियतमा आ.व.०६९/७० देखि काम गरी, परिश्रमिक वापत रकम बुझेको तथा विभिन्न ठेक्का पट्टामा सम्झौता गर्ने लगाएतका कार्यमा समेत सामेल भई Himdung and Thokar Construction Pvt. Ltd. कम्पनीबाट रु.४५,१७,५००।- पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय रु.१,१६,०२,५०४।३० समेत गरी जम्मा रु.१,६१,२०,००४।३० रकम गैरकानूनी रुपमा आर्जन गरेको स्पष्ट देखिंदा देखिदै २० प्रतिशत शेयर खरिद गरी संस्थापक शेयर धनी बनी मुनाफा बुझेको विषयमा केही नवोली मात्र एउटा कर्मचारीले कार्यालयको अनुमती नलिएर कार्य गरेको भन्ने विषय मात्र केन्द्रित रही विभागीय कारवाहीको विषय हुने हुँदा आरोपित कसूर बमोजिमको भ्रष्टाचारजन्य कार्य मान्न मिलेन भन्ने आधार ग्रहण गरी एकतर्फी रुपमा गरिएको फैसला त्रुटिपूर्ण रहेको।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी बलराम थापा क्षेत्रीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/30
प्रतिवादी उपेन्द्र बहादुर थापासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी गज बहादुर रावतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी देवेन्द्रमणी त्रिपाठी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी हरिओम प्रसाद जयसवाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी विश्वराज मरासेनीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी कलिम अहमद जोलाहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28