प्रतिवादी डा.सुनिल कुमार यादवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।१२।१४ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:
• प्रतिवादी भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसूरमा रु.९,७७,०१६।९४ बिगो कायम गरी सोही ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो असुल उपर हुन,
• प्रतिवादी भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालिन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसूरमा रु.९,७७,०१६।९४ बिगो कायम गरी सोही ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो असुल उपर हुन,
• प्रतिवादी जिल्ला सर्लाही चक्रघट्टा गाउँपालिका वडा नं.९ का तत्कालिन वडा अध्यक्ष श्री राम ईश्वर ठाकुर लोहारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा रु.९,७७,०१६।९४ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम सजाय हुन,
• प्रतिवादी आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जय नारायण राय र व्यवस्थापक जय नन्दन राय यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा रु.९,७७,०१६।९४ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन,
विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८१।०३।१७ को फैसलाबाट आंशिक सफाई दिएको-: 
• सेड निर्माणमा नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदनको प्राविधिक पक्षको सत्यता जाँचबुझ गरी गराई फिल्डमा गई नापजाँच गर्ने दायित्व प्रतिवादी सुनिलकुमार यादवको नभएको।
• कार्यालय प्रमुखले तोक आदेश गरेबमोजिम भुक्तानी दिएकोले योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरीको बदनियत पुष्टि हुन नसकेको।
• निर्माण सम्वन्धी काम जाँच गर्ने प्राविधिक पशुसेवा विज्ञ केन्द्रमा नरहेकोले प्रतिवादीहरु डा.सुनिल कुमार यादव, सुरेन्द्र महतो कोईरी र रामईश्वर ठाकुर लोहारको कसुर पुष्टि नहुने।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१२।१४ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन कार्यालय प्रमुख डा. सुनिल कुमार यादवले अनुसन्धानको वयानको क्रममा आफु पशु प्राविधिक कर्मचारी भएकोले निर्माण कार्यको बारेमा अवगत नभएको।उक्त कृषि सेड निर्माणको जिम्मेवारी पशु सेवा प्राविधिक प्रतिवादी सुरेन्द्र महतोलाई रहेको निज सुरेन्द्र महतोलाई नै कार्य सम्पन्न प्रतिवेदनको लागि फिल्डमा पठाएको र निजले नै सम्झौता र विल बमोजिम कार्यक्रम भएको भनी प्रतिवेदन दिएकोले सोही आधारमा विल भरपाई स्वीकृत गरी भुक्तानी दिएको हो भनी कसूर भएकोमा स्वीकार गरी वयान गरेको देखिएको, प्रतिवादी सुरेन्द्र महतोले अनुगमन निरीक्षणमा फिल्डमा गएको योजना र सम्झौता र ईष्टिमेट अनुसार कार्य सम्पन्न भएको भनी भुक्तानीको लागि कार्यालय प्रमुख समक्ष सिफारिस गरेको हो इन्जिनियरले गरेको मूल्याकंनको आधारमा भुक्तानी सिफारिस गरेको हो भनी वयान गरेको देखिएको।प्रतिवादी रामइश्वर ठाकुरले समेत आँखाले देखेको भरमा सिफारिस गरिदिएको हो भनी कसुर स्वीकार गरेको देखिएको।
ख) निर्माणमा रु.९,७७,०१६।९४ बढी भुक्तानी भएकोले भ्रष्टाचारजन्य कसूर ठहर गरी प्रतिवादीहरु मृगेन्द्रप्रसाद यादव, जय नारायण राय र जयनन्दन राय यादवलाई सजाय भएको अवस्थामा सोही कसूरमा संलग्न रही योजना शाखा प्रमुख सुरेन्द्र महतो उक्त कार्यक्रमको अगुमन गरी भुक्तानी दिनका लागि सिफारिस गर्ने मूख्य ब्यक्ति रहेको देखिएको। कार्यालय प्रमुख डा. सुनिल कुमार यादवले कार्य सम्पन्न भएको हो भनी भुक्तानीको आदेश दिएको देखिएको। कार्यक्रम निर्माण स्थलका जनप्रतिनिधि वडा अध्यक्ष रहेका राम इश्वर ठाकुरसमेत आफ्नो इलाकामा भएको काम सम्झौता अनुसार ठीक छ भनी सिफारिस गरेकोले देखिंदा अदालतबाट फैसला गर्दा तथ्यलाई ग्रहण नगरी निज प्रतिवादीहरु डा. सुनिल कुमार यादव, सुरेन्द्र महतो र राम इश्वर ठाकुर लोहारलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
ग) स्थलगत निरीक्षण प्रतिवेदनमा, नापी कितावमा १२ x १२" को आर.सि.सि. पिलर उल्लेख भएकोमा ९" x ९" को पिलर पाईएको, २ ठाउँमा टाई बिम (Lower Tie Beam र upper Tie Beam ) उल्लेख भएकोमा माथिल्लो टाई बिम मात्र रहेको तल्लो टाइबिम नरहेको, माथिल्लो टाईबिम भन्दा मुनि ६.५ फिट उचाईमा ईट्टाको वाल रहेको उल्लेख भएकोमा २.१३ फिट (०.६५ मिटर) मात्र वाल रहेको पाईएको, सेडको चारै तर्फको वालमा ४ फिट उचाईमा प्लाष्टर उल्लेख भएकोमा पूर्वपट्टीको छोटो वालमा १.६४ फिट (०.५० मिटर) उचाईमा मात्र प्लाष्टर भएको ३ ईन्चको फलामको पाईप कही कतै प्रयोग भएको नपाईएको, ट्रसमा प्रयोग भएको २ ईन्चको पाईप साथै सो सेडको छानामा प्रयोग भएको जस्ता पाताको परिमाणमा समेत नापी कितावमा उल्लेख भएको परिमाण भन्दा कम कार्य भएको देखिएको प्रतिवेदनमा उल्लेख भएको। सम्झौता बमोजिमको काम नभएको थाहा हुँदाहुदै भुक्तानीको लागि सिफारिस गरी कसूरमा प्रत्यक्ष संलग्न रहेको तथ्य पुष्टि भईरहेको अवस्थामा सफाई दिने गरी भएको फैसला त्रुटीपूर्ण रहेको।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी बलराम थापा क्षेत्रीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/30
प्रतिवादी उपेन्द्र बहादुर थापासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी गज बहादुर रावतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी देवेन्द्रमणी त्रिपाठी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी हरिओम प्रसाद जयसवाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी विश्वराज मरासेनीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी कलिम अहमद जोलाहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28