प्रतिवादी धर्मराज रोकाय रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।१२।०७ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट: 
• प्रतिवादी धर्मराज रोकायलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसूरमा रु.२,१९,०००।– बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।११।१५ को फैसलाबाट  सफाई दिएको-: 
• प्रतिवादीले बयान गर्दा दोहोरो रुपमा वितरण भएको भत्ता रु.४,३८,०००।– बेरुजु शिर्षकबाट सरकारी खातामा जम्मा गरिसकेको छु भनी आरोपित कसूरमा ईन्कार रही वयान गरेको।
• बेरुजु शिर्षकमा रकम राष्ट्रिय वाणिज्य बैंक, सिमिकोटमा जम्मा गरेको मिसिल संलग्न भौचरबाट  देखिएकोले आरोपदावी बमोजिमको कसुरबाट सफाई पाउने । 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१२।०७ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) जिल्ला हुम्ला, तत्कालीन लिमी गा.वि.स. सचिव धर्मराज रोकायाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आ.व. २०७०/०७१, २०७१/०७२ र २०७२/०७३ मा गरी जम्मा रु.४,३८,०००।– दोहोरो रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको मिसिल संलग्न रहेको, उक्त भत्ता बुझेको भरपाई कागजको प्रतिलिपीबाट देखिएको, हामीहरुले दोहोरो भत्ता कहिल्यै पनि लिएका छैनौ भनी भत्ता वुझ्ने ब्यक्तिहरु समेतले अनुसन्धानको क्रममा गरेको घटना बिबरण कागजबाट देखिएको, दोहोरो रुपमा वितरण भएको भत्ता रकम बेरुजु शिर्षकबाट सरकारी खातामा  जम्मा गरिसकेको छु भनी प्रतिवादीले वयान गरेको समेतका आधार प्रमाणबाट प्रतिवादीले सरकारी रकम लिने खाने बदनियतले झुठा भरपाई बनाई दोहोरो रुपमा वितरण गरिएको भत्ता रकम खाईमासी आरोपित कसुर गरेको पुष्टि भएको।
ख) प्रतिवादीले झुठा भरपाई बनाई समाजिक सुरक्षा भत्ता वापतको रकम हिनामिना गरेको कार्य “बेरुजु” नभई भ्रष्टाचार निवारण ऐन बमोजिमको “कसूरजन्य कार्य” भएकोमा निज प्रतिवादीले उक्त हिनामिना गरेको रकम बेरुजु शिषर्कमा सरकारी खातामा दाखिला गरेको देखिएको भनी निज प्रतिवादीलाई सफाई दिने ठहर गरी भएको फैसला त्रुटिपूर्ण रहेको। “प्रतिवादीले मासी खाएको रकम बेरुजु प्रकृतिको नभई आफ्नो जिम्मामा रहेको रकम मासी खाने, दुरुपयोग गर्ने गलत मनसायबाट भएको कार्य भ्रष्टाचारजन्य कसूर अन्तर्गत पर्ने” (स अ बुलेटिन वर्ष १८ अंक १९ माघ २०६६ पुर्णाङ्क ४२१ पृ २९) भनी सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्दान्त तथा फैसला समेतको प्रतिकूल हुने गरी भएको फैसला त्रुटीपूर्ण हुँदा बदरभागी रहेको।
 
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी भीमकान्त लामिछानेसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/04/21
प्रतिवादी उदयकृष्ण अधिकारी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/18
प्रतिवादी सुरेन्द्र बहादुर बिष्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/18
प्रतिवादी गणेशमान सिंहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/18
प्रतिवादी निलकण्ठ पोखरेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/18
प्रतिवादी गोपाल राजभण्डारीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/18
प्रतिवादी गणपति झा रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/16