प्रतिवादी परशुराम अधिकारीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०८।०७ गते।
---------------------------------------------

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौँमा दर्ता भएको सरकारी रकमको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने प्रतिवादी परशुराम अधिकारीसमेत भएको मुद्दामा :

प्रतिवादी परशुराम अधिकारी, सिताराम पोखरेल, तारा प्रसाद जोशी प्रसाराम भुसाललाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८(१)(ज) बमोजिमको कसूरमा निजलाई बिगो रु. २१,३०,३८१.४।- कायम गरी ऐ. ऐनको दफा ८(१) बमोजिमको कैद र बिगो बमोजिम जरिबाना गरी बिगो असुल उपर हुन निज प्रतिवादीहरुलाई ऐ.ऐनको दफा १२ बमोजिमको कसूरमा सोही दफा १२ बमोजिमको कैद र जरिबाना गरी हानि नोक्सानी गरेको उक्त बिगो समेत असुल उपर हुन,

प्रतिवादी स्वर्गीय भक्तरत्न तुलाधरलाई भ्रष्टाचार निवारण ऐन, 2059को दफा 8(4)बमोजिमको कसूर गरेको देखिएता पनि यी व्यक्तिको मृत्यु भईसकेको भन्ने मिसिल संलग्न दिव्य तुलाधर र रानु तुलाधरको बयानबाट देखिंदा अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त एवं मुलुकी फौजदारी कार्यविधी संहिता, 2074 को दफा १३३को उपदफा (२) र दफा १५८ को उपदफा (२) समेतको कानूनी व्यवस्था बमोजिम निजलाई कैद र जरिवानाको सजायँ हुन नसक्ने तर भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 46 तथा मुलुकी फौजदारी कार्यविधी संहिता,2074 को दफा 133(२) र दफा 158(२) बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (4) को कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (4)बमोजिम बिगो रु. २१,३०,३८१.४।- निजको नाममा नै हाल रहेको कुनै सम्पत्तिबाट वा निजको नामबाट निजको हक खाने हकवालाको नाममा निजको सम्पत्ति गएको भए निजको हकवाला समेतबाट वा निजको नाममा कुनै सम्पत्ति प्राप्त हुने भए सो बाट असुल उपर हुन,

प्रतिवादी शशी तुलाधरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 (१) र दफा 8 (१) (ज) बमोजिमको कसूरको सोही ऐनको दफा २२ बमोजिम मतियार तर्फ ऐ.ऐनको दफा २२ बमोजिम निजलाई बिगो रु.२१,३०,३८१.४।- को आधा बिगो रु. 10,65,190.7।- कायम गरी मूख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुन

प्रतिवादीहरु रानु तुलाधर दिव्य तुलाधरलाई नेपाल सरकारको नाममा बाटो कायम भएको उक्त कि.नं. १३९९, क्षे.फ. ९१.३१ वर्ग मिटर जग्गा प्रतिवादी भक्तरत्न तुलाधरले भ्रष्टाचारजन्य रुपबाट प्राप्त गरी हस्तान्तरण गरे पश्चात निज प्रतिवादीहरुको नाममा संयुक्त हक कायम भएको देखिँदा निजहरुको नाममा कायम भएको सो जग्गा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 47 बमोजिम प्रतिवादी भक्तरत्न तुलाधरले भ्रष्टाचारबाट आर्जित अचल सम्पत्ति निजहरुको नाममा हस्तान्तरण गरी निज प्रतिवादीहरुको नाममा राखेको कसूर हुँदा उक्त जग्गा निजहरुको नामबाट जफत गरी पुनः नेपाल सरकारको नाममा दर्ता कायम गरि पाउन समेत

मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०8०।10।08 को फैसलाबाट सफाई दिएको:- 

  • प्रतिवादीहरुले आफू वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुऱ्याउने वा नेपाल सरकार वासर्वजनिक संस्थालाई गैरकानुनी हानी पुऱ्याउने बदनियत राखेर सरकारी वा सार्वजनिक सम्पत्ति गैरकानूनी रुपमा कसैको नाममा दर्ता गरिएको भन्ने मिसिलबाट पुष्टि हुन नसकेको।

  • कि.नं.१३९९को जग्गा भुलबस बाटो जनिई नेपाल सरकारको कायम भएको भन्ने देखिएको र भूल सच्याउने कार्य कर्मचारीको कानूनी दायित्व भित्रै भएको निर्णय मान्नु पर्ने।

विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०८।०7 मा पुनरावेदन गरिएको छः-

देहाय:

  • काठमाडौं महानगरपालिका साविक वडा नं. १६, कि.नं. १३९९ क्षे.फ. ९१.३१ वर्ग मिटर जग्गा काठमाडौं जिल्ला अदालतमा भएको मिति २०६३।०८।२१ को मिलापत्र बमोजिम नेपाल सरकार बाटो कायम भएकोमा जग्गा प्रशासन निर्देशिका, २०५८ को परिच्छेद ३ को दफा ८१ को उपदफा (७) को देहाय (१) मा उल्लिखित “नेपाल सरकारको नाममा दर्ता भएको जग्गा व्यक्ति विशेषको हकभोगको हो भन्ने प्रमाण पेश हुन आई कार्यालयले प्रमाणको मूल्यांङ्कन गर्दा गल्तीले नेपाल सरकारको नाममा दर्ता हुन गएको भनी किटानी रायसाथ पेश भएमा नेपाल सरकारको स्वीकृति भएपछि मात्र मालपोत कार्यालयले दर्ता गरी दर्ता सच्याउन सक्नेछ” भन्ने कानूनी व्यवस्था विपरीत तत्कालीन मालपोत कार्यालय, डिल्लीबजारले मिति २०६९।१०।१४ मा नेपाल सरकारको स्वीकृति बिना नै नेपाल सरकार बाटो कायम भएको जग्गा भक्तरत्न तुलाधरको नाममा कायम गर्ने गरी भएको निर्णय स्वत:बदरभागी रहेको देखिन्छ भने निज प्रतिवादीहरुले भक्तरत्न तुलाधर समेतसंग मिली निज प्रतिवादीहरुलाई तथा आफूहरु समेतलाई प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ तथा सरकारलाई हानि नोक्सानी पुर्‍याएकोले सम्पूर्ण प्रतिवादीहरु आरोपदाबीको कसूरदार रहेको पुष्टि भैरहेकोमा आफू वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुऱ्याउने वा नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैरकानुनी हानी पुऱ्याउने बदनियत राखेर सरकारी वा सार्वजनिक सम्पत्ति गैर कानूनी रुपमा कसैको नाममा दर्ता गरिएको भन्ने मिसिलबाट पुष्टिहुन नसकेको’’ भन्ने अपुष्ट निर्णयाधार लिई प्रतिवादीहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी छ।

  • काठमाडौं महानगरपालिका साविक वडा नं. १६ कि.नं. १३९९ नेपाल सरकार कायम भएको जग्गा नेपाल सरकारको नामबाट संशोधन भै ब्यक्ति विशेषको नाममा पुन: कायम भएको दा.खा. मि.नं. ४०९ मिति २०६९।१०।१४ को निर्णयको प्रतिलिपि बमोजिम उक्त समग्र निर्णय प्रक्रियामा मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन उप-सचिव रहेका प्रतिवादी परशुराम अधिकारी, तत्कालिन मालपोत अधिकृत प्रतिवादी सिताराम पोखरेल, तत्कालिन नायब सुब्बा प्रतिवादी तारा प्रसाद जोशी र नायब सुब्बा प्रतिवादी प्रसाराम भुसालको प्रत्यक्ष संलग्नता रहेको देखिन्छ र निजहरुले अनुसन्धानको क्रममा बयान गर्दा सो निर्णयमा रहेको हस्ताक्षर निजहरु कै हो भनी सनाखत समेत गरेको र सो हस्ताक्षरलाई अन्यथा भन्न सकेको देखिदैन।उक्त मि.नं. ४०९ मिति२०६९।१०।१४ को निर्णय मिसिल तामेली दर्ता डायरीमा दर्ता समेत भएको नदेखिएको तथा माग बमोजिमको सक्कल मिसिल पठाउन नसकिएको भन्ने समेत व्यहोरा उल्लिखित मिसिल संलग्न भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार काठमाडौको च.न.२५८०, मिति २०८०/०८/१७ को पत्र बाट यी प्रतिवादीहरुले नै उक्त निर्णयको सक्कल फाइल समेत लुकाएको/नष्ट गरेको स्वत: पुष्टि भैरहेको अवस्था छ।

  • प्रतिवादी शशी तुलाधरले नेपाल सरकारको नाममा बाटो कायम रहेको उक्त कि.नं. १३९९ क्षे.फ. ९१.३१ वर्ग मिटर जग्गा भक्तरत्न तुलाधरको नाममा दर्ता गरी पाउँ भनी मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा भक्तरत्न तुलाधरसंग मिली संयुक्त निवेदन पेश गरी नेपाल सरकार बाटो कायम भएको जग्गा भक्तरत्न तुलाधरको नाममा दर्ता गर्न सहयोग गरी नेपाल सरकारलाई हानि नोक्सानी पुर्याउने कार्य गरेको निजको बयान समेतका मिसिल संलग्न कागजातहरुबाट देखिएको छ भने उक्त जग्गा प्रतिवादी भक्तरत्न तुलाधरले भ्रष्टाचारजन्य रुपबाट प्राप्त गरी हस्तान्तरण गरे पश्चात प्रतिवादीहरु रानु तुलाधर र दिव्य तुलाधरको संयुक्त नाममा कायम भएको देखिएबाट सो जग्गा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 47 बमोजिम प्रतिवादी भक्तरत्न तुलाधरले भ्रष्टाचारबाट आर्जित अचल सम्पत्ति निजहरुको नाममा हस्तान्तरण गरी निज प्रतिवादीहरुको नाममा राखी निज प्रतिवादीहरुले आरोपित कसूरको कसूरदार रहेको पुष्टि भैरहेको छ।

  • प्रतिवादी स्वर्गीय भक्तरत्न तुलाधरको हकमा निज समेत एक पक्ष भई काठमाडौं जिल्ला अदालतमा भएको मिलापत्र बमोजिम नेपाल सरकारको नाममा बाटो कायम भएको उक्त कि.नं. १३९९ को जग्गा, गैह्रकानूनी रुपमा मालपोत कार्यालयका कर्मचारी समेतलाई प्रभाव र प्रलोभनमा पारी आफ्नो नाममा दर्ता कायम गराई आफूलाई प्रत्यक्ष लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानि पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8(4) बमोजिमको कसूर गरेको पुष्टि भैरहेको र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 46 तथा मुलुकी फौजदारी कार्यविधी संहिता, 2074 को दफा 133 (२) र दफा 158 (२) बमोजिम सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 (4) को कसूरमा ऐ. दफा 8(4) बमोजिम आरोपपत्र मागदाबीको बिगो निजको नाममा नै हाल रहेको कुनै सम्पत्तिबाट वा निजको नामबाट निजको हक खाने हकवालाको नाममा निजको सम्पत्ति गएको भए निजको हकवाला समेतबाट वा निजको नाममा कुनै सम्पत्ति प्राप्त हुने भए सो बाट असुल हुन समेतको मागदाबी पुष्टि भैरहेको छ।

  • प्रतिवादीहरुले आफू वा अरुलाई लाभ र सरकारलाई हानि पुर्‍याउने गरी एक आपसमा मिलेमतो गरी बद्‍नियतका साथ गैरकानूनी निर्णय गरी जानाजान नेपाल सरकार बाटो जनित उक्त कि.नं. १३९९ को सार्वजनिक जग्गा गैरकानूनी रुपमा व्यक्ति/प्रतिवादीको नाममा दर्ता कायम गर्ने कसूरजन्य कार्य गरेको मिसिल संलग्न प्लट रजिष्टर, श्रेस्ता, नक्सा, तत्कालिन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको राय सहितको प्रतिक्रिया र प्रतिवादीहरुको बयान समेतले पुष्टि गरिरहेको अवस्थामा “उक्त विवादित जग्गा भुलबस बाटो जनिई नेपाल सरकारको कायम भएको भन्ने देखिएको र भूल सच्याउने कार्य कर्मचारीको कानूनी दायित्व भित्रै भएको निर्णय मान्नु पर्ने” भन्ने अपुष्ट र आधारहिन निर्णयाधार लिई प्रतिवादीहरुलाई निजहरुले गरेको उक्त कसूरलाई भुल सच्याउने कार्यका रुपमा नजर अन्दाज गरी निज प्रतिवादीहरुलाई उन्मुक्ति दिनेगरी भएको त्रुटिपूर्ण फैसला बदर गरी पाउँ।

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादी चन्द्र भुषण झासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/11/22
प्रतिवादी घनश्याम दुवेसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/11/22
प्रतिवादी अमरप्रसाद भट्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/11/22
प्रतिवादी चन्द्रसिंह लामासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/11/22
प्रतिवादी सम्राट बहादुर शाह रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/11/22
प्रतिवादी महेश सिंह कठायतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/11/22
प्रतिवादी केशव प्रसाद आचार्यसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/11/22
प्रतिवादी नारायण प्रसाद पौडेल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/11/22
प्रतिवादी परशुराम अधिकारीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/11/22