प्रतिवादी रंजित कुमार यादवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०६।१४ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटः-
प्रतिवादी स्वर्गीय बालविर ठाकुरको हकमा: भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) को कसूर र ऐ. भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) को कसूर गरेको देखिएतापनि निजको मृत्यु भइसकेकोले निज उपर कसूरमा सजायको मागदाबी गर्न परेन तर मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १३३ को उपदफा (२) र दफा १५८ को उपदफा (२) बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी विगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेको हुँदा निजको अंशीयार पलवी ठाकुर,, छोरा  रौनित ठाकुर र छोरी रिहा ठाकुर अंशियार देखिएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम बिगो रु.१,०३,१९०।२० असुल उपर गर्ने प्रयोजनको लागि मात्र मागदाबी लिइएको,
प्रतिवादीहरु रंजित कुमार यादव र रंजित कूमरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) को कसूरमा ऐ.ऐ. दफा ८ को उपदफा (१) बमोजिम बिगो रु.१,०३,१९०।२० कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन र ऐ. भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) कसूरमा ऐ.ऐ. को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुन,
प्रतिबादी देवेन्द्र प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) को कसूरमा ऐ.ऐ. दफा ८ को उपदफा (३) बमोजिम बिगो रू.१,०३,१९०।२० कायम गरी कैद वा बिगो बमोजिम जरिवाना वा दुवै सजाय हुन,
मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।११।०६ को फैसलाबाट निम्न आधारमा सफाई दिएको-: 
• प्रतिवादीहरूले कसूर गरेकोमा इन्कार गरी बयान गरेको र दुई बर्ष अगाडी सम्पन्न भएको कच्ची ग्राभेलिङ दुई बर्षसम्म शुरू अवस्थाको जस्तै रहन्छ भनी अनुमान गर्न नमिल्ने।
• जम्मा तीनलाख रुपैया भित्रको बजेटमा एकलाख रूपैया घोटला गरी ७ जना प्रतिवादीहरूले मिलि भगतमा बाँडी लिई खाए होलान भनी अनुमान गर्न नसकिने।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०६।१४ मा पुनरावेदन गरिएको छः-
देहाय:
• जिल्ला धनुषा सबैला न.पा. को आ.ब. ०७७/०८८ मा सबैला न.पा. वडा नं. ५ स्थित मखान टोलबाट बिनोद यादबको घर देखि रितताल यादवको घर हुदै भुल्ला कापरको घरसम्म माटो तथा ग्राभेल कार्य सम्बन्धी योजनामा प्राबिधिक टोलीले गरेको प्राबिधिक मूल्याङकन सहितको नापी किताव र कार्यसम्पन्न प्रतिबेदन अनुसार रु २,९१,६८७।९५ रकम बराबरको कार्य भएकोमा अग्रिम आयकर कट्टी,कन्टिनजेन्सी कट्टी र मूल्य अभिबृद्धि कर कट्टी गरी बाँकी रू २,५५,२६३।- रकम राहुल निर्माण सेवालाई खुद भुक्तानी गरिएको देखिएको।प्रतिबादीहरूले मौकामा र सम्मानित अदालतमा बयान गर्दा आरोपपत्रमा उल्लेखित आ-आफ्नो भुमिकामा रहेको कुरामा इन्कार गरेको देखिदैन।प्रतिबादी मध्येका ईन्जिनियर रंजित कुमार यादव र सब ईन्जिनियर रंजित कूमरले फिल्डमा कम परिमाणको कामलाई बढी काम भएको नापी किताव तयार गरी मुल्याङकन गरेको तथा ठेक्का बिल र कार्य सम्पन्न प्रतिबेदन समेत गलत लिखत तयार गरी भुक्तानीको लागी सिफारिस गरेको। प्रतिबादी वडा अध्यक्ष देवेन्द्र प्रसाद यादवले भुक्तानी सिफारिस गरेको र ठेकदार राहुल निर्माण सेवा, तत्कालीन प्रोपाईटर पुरूषोत्तम दास यादवले बढी भुक्तानी लिएको र प्रमुख प्रशासकिय अधिकृत बालबिर ठाकुरले समेत प्राबिधिकबाट पेस हुन आएको नापी किताबलाई आधार मानी भुक्तानी लागी स्वीकृत गरेको देखिएको।प्रतिवादीहरुको इन्कारी वयान सम्बन्धमा Common Law System  अन्तर्गतको फौजदारी न्याय प्रक्रियामा पिडकलाई समेत Right to Silence को साथै Self Criminalization गर्न वाध्य नपारिने हक रहेको अवस्थामा प्रतिवादीहरु अदालतमा आफू माथिको आरोप मागदावीमा इन्कारी रहदैमा अन्य प्रमाणको रोहमा निर्णय नगरी निजहरुलाई सफाई दिई भएको फैसला त्रुटिपूर्ण रहेको।
• नापी कितावमा लम्बाई २०९ मिटर, चौडाई ४ मिटर र मोटाई ०.३७ मिटरमा माटो फिलिङ कार्यको परिणाम उल्लेख गरिएकोमा फिल्डमा १६६ मिटर लम्बाई, ३ मिटर चौडाई माटो फिलिङ कार्य भएको र प्राबिधिक फिल्ड प्रतिबेदन अनुसार नापी कितावमा उल्लेखित परिणामसँग तुलना गर्दा item no -१ E\win Filling  कार्य अन्तर्गत १२१.०६ घनमिटर परिमाण कम भई रू २६,३३३.३० फरक रहेको र नापी कितावमा २०९ मीटर लम्बाई, ४ मिटर चौडाई र ८.१५ मिटर मोटाईको ग्राभेल कार्य उल्लेख गरिएकोमा फिल्डमा १६६ मिटर लम्बाई र ३ मिटर चौडाईको बालुवा मिस्रित ग्राभेलको कार्य गरिएको र मोटाई ०.१३ देखि ०.१४ मिटर रहेकोमा नापी कितावमा उल्लेख गरिएको मोटाईलाई आधार मानी परिमाण निकाली नापी कितावमा उल्लेखित परिमाणसंग तुलना गर्दा Item no २ Losse Gravel work कार्य अन्तर्गत ५०.७० घनमिटर परिमाण कम भई रू ७६,५५७.०० कैफियत रहेको भन्ने प्रतिबेदनमा देखिएको। प्रतिवेदकले आयोगमा प्रतिवेदन दिई अदालतमा समेत उपस्थित भई प्रतिवेदनको व्यहोरा समर्थन हुने गरी बकपत्र समेत गरिसकेको अवस्थामा उक्त प्रतिबेदनलाई प्रमाण ऐन २०३१ को दफा १८ बमोजिम प्रमाणमा ग्रहण गरी फैसला गर्नु पर्नेमा नाप नक्शा गरेको परिमाण र फिल्डमा भएको कार्यको फरकपनलाई अनदेखा गरी ईन्कारी बयानलाई मात्र आधार गरी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको।
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download
  

Other Press Release

प्रतिवादीहरु टकदत्त प्याकुरेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी पद्म विनोद पोखरेल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाई र ओमशङ्कर प्रसाद रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी नयराज नेपालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01