प्रतिवादीहरु देवीलाल जैसी र रत्न बहादुर कार्की रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०६।१३ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटः-
प्रतिवादी वडासचिव देवीलाल जैसीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा रु.२,७३,४००।– बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ.उपदफा (१) को खण्ड (घ) बमोजिम कैद र बिगो बमोजिम जरिबाना तथा ऐ.ऐनको दफा १७ बमोजिम बिगो असूल उपर हुन,
प्रतिवादी प्रशासन सहायक रत्‍नबहादुर कार्कीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गर्न वडा सचिवसँग मिलेमतो गरी मतियारको कसूर गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा ऐ.ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसूरदार सरह नै ऐ.ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) र ऐ. उपदफा (१) को खण्ड (घ) बमोजिम कैद र बिगोबमोजिम जरिबाना तथा ऐ.ऐनको दफा १७ बमोजिम रु.२,७३,४००।– बिगो रकम असूल हुन,
 
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा
विशेष अदालतको मिति २०८०/११/१० को फैसलाबाट निम्न आधारमा आंशिक सफाई दिएको:-
• प्रस्तुत मुद्दाको प्रतिवेदन र समग्र भत्ता बुझाइएको भरपाई विवरणलाई हेर्दा, प्रतिवादी देवीलाल जैसीले जम्मा रु- ४१¸२००/- मात्र आफैले ल्याप्चे सहीछाप लगाई भुक्तानी गरेको पुष्टि हुन आएको देखिएको।
• रत्‍नबहादुर कार्कीको हकमा कार्यालयमा दर्ता चलानी गर्ने र भत्ता रकम वितरणमा वडा सचिवलाई सहयोगसम्म गर्ने प्रशासन सहायक कर्मचारी रहेको र सामाजिक सुरक्षा भत्ता वडा सचिवकै नाउँमा आउने व्यवस्था रहेको हुँदा रकम बुझाउने दायित्व रहेको भन्‍न मिल्ने अवस्था नदेखिएको ।
 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०६।१३ मा पुनरावेदन गरिएको छः-
देहाय:
• प्रतिवादी देवीलाल जैसीले मौकामा वयान गर्दा लाभग्राहीहरुको नाउँमा भूलवश दोहोरो भत्ता वितरण भएको हो, दोहोरो वितरण गर्नु आफ्नो गल्ती हो भनी कसुर स्वीकार गरी साबिती बयान गरेको देखिरहेको अवस्थामा सो तर्फ अन्देखा गरी जम्मा रु.४१,२००।- (एकचालीस हजार दुइसय रुपैयाँ) मात्र निज प्रतिवादी आफैले ल्याप्चे सहीछाप लगाई भुक्तानी लिएको भन्ने आधार ग्रहण गरी आरोपदावी भन्दा कम विगो ठहर हुने गरी भएको फैसला त्रुर्टीपूर्ण रहेको।
• आ.ब. ०७५/७६ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरूको नक्कली विवरण खडा गरी रु. २,७३,४००।- बराबरको सरकारी रकम हिनामिना गरेको कार्य निज देवीलाल जैसी स्वंयमले गरेको साविति बयान, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले आफूहरूले दोहोरो/तेहोरो नबुझेको भनी गरेको एकै मिलानको घटना विवरण कागज तथा परीक्षण प्रतिवेदनसमेतबाट देखिएको।
• प्रतिवादी रत्नबहादुर कार्कीले वडा सचिव देवीलाल जैसीलाई सहयोग गरेको भनी गरिदिएको निज स्वयंको साविति बयान, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले आफूहरूले दोहोरो/तेहोरो नबुझेको भनी गरेको एकै मिलानको घटना विवरण कागज तथा नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनसमेतबाट निजले समेत अन्य व्यक्तिले रकम बुझेको भरपाईमा रेखात्मक सहिछाप गरेको खुलेको समेतबाट निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गर्न तत्कालीन वडासचिव देवीलाल जैसीलाई सहयोग पुग्ने गरी मिलेमतो गरी निज स्वयंले समेत लाभ लिई मतियारको रुपमा कसूर गरेको स-प्रमाण पुष्टि भएको।
• प्रतिवादी रत्नबहादुर कार्कीले समेत सरकारी रकम खाई मास्ने र नगरपालिकालाई हानि नोक्सानी पुर्‍याउने बदनियत राखी लाभग्राहीहरुको नक्‍कली विवरण खडा गरी, निजहरुको आफै दस्तखत/सहीछाप गरी दोहोरो भत्ता वितरण गरेको देखिएको र वडासचिव देवीलाल जैसीलाई सहयोग पुग्ने गरी मिलेमतो गरी निज स्वयंले समेत लाभ लिई मतियारको रुपमा कसूर गरेको स-प्रमाण पुष्टि भएको हुँदा सफाई दिने ठहर गरी भएको फैसला त्रुर्टिपूर्ण भई वदरभागी रहेको।
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download
  

Other Press Release

प्रतिवादीहरु टकदत्त प्याकुरेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी पद्म विनोद पोखरेल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाई र ओमशङ्कर प्रसाद रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी नयराज नेपालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01