प्रतिवादीहरु छोटेलाल चौधरी र जनकराज बोहरा समेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०५।१४ गते ।
-------------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दर्ता भएको प्रतिवादी दशरथ भण्डारीसमेत भएको भ्रष्टाचार मुद्दामा मतियार भई काम गर्ने छोटेलाल चौधरी र जनकराज बोहरालाई उक्त मुद्दाको अनुसन्धानको क्रममा सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजहरुले विशेष अदालत, काठमाडौं समक्ष वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको हुँदा प्रतिवादीहरु छोटेलाल चौधरी र जनकराज बोहराले मुख्य प्रतिवादीहरु दशरथ भण्डारी र टंकप्रसाद रिजालले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिम कसुरको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेको पुष्टी भएको हुँदा निजहरु छोटेलाल चौधरी र जनकराज बोहरालाई मुख्य कसुरदारलाई हुने ऐ.ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजायमा ऐ.ऐनको दफा २२ बमोजिम आधा सजाय हुन मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएकोमा प्रतिवादीहरुलाई विशेष अदालतबाट वयान गर्दा कसुरमा इन्कारी रही बयान गरेको र कुनै लाभ स्वीकर गरेको वा मोलाहिजामा परेको नदेखिएको भन्ने आधारमा मिति २०८०।०९।२४ मा सफाई दिएको:
 
विशेष अदालतको उक्त फैसलाउपर चित्त नबुझी आयोगबाट देहायका आधारहरु लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१/०५/१४ मा पुनरावेदन गरिएको छ ।
देहाय:
क. शुक्लाफाँटा कृषि सहकारीले ट्याक्टर खरीद गर्न जनक बोहरा र छोटेलाल चौधरी संलग्न फर्मसँग कोटेशन माग गरेकोमा निजहरु समेतको मिलेमतोमा लागत अनुमानमा पुरा रकम बराबरको दिनेश मोटर्सको कोटेशन स्वीकृत गराउने मनसाय राखी दुवै जना प्रतिवादीहरुले दिनेश मोटर्सको भन्दा बढीको लागत अनुमान राखी कोटेशन पेश गरेको पुष्टि भइरहेको अवस्थामा प्रतिवादीहरुले लाभ स्वीकार गरेको वा मोलाहिजामा नपरेको भनी निजहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
ख. प्रतिवादीहरु कसुरमा इन्कार रही बयान गरेको भएतापनि निजहरुको इन्कारी बयानलाई अन्य मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन नसकेको।“अदालतमा इन्कारी हुनु मात्र निर्दोषिता ठहर हुने आधार बन्न सक्दैन”। भनी सम्मानीत सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भएको।प्रतिवादीहरुले अनुसन्धानको वयानको क्रममा “ट्याक्टर बिक्री गर्न शुक्लाफाँटा सहकारीलाई कुनै कोटेशन नदिएको” भनी लेखाई दिएकोमा अदालतमा आई वकपत्र गर्दा “आफूहरुले नै कोटेशन दिएको हो, अनुचित कार्य गरेको छैन” भनी इन्कार भएकोमा सवुद प्रमाण विनाको इन्कारी बयानको आधारमा प्रतिवादीहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादीहरु खेमराज बिष्ट, देवराज जोशी, पुर्ण कुँवरसमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादीहरु खेमराज बिष्ट, देवराज जोशी, पुर्ण कुँवरसमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादीहरु खेमराज बिष्ट, देवराज जोशी, पुर्ण कुँवरसमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादी खेमराज बिष्ट, देवराज जोशीसमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादीहरु खेमराज बिष्ट, पूर्ण कुँवरसमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादीहरु छोटेलाल चौधरी र जनकराज बोहरा समेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादीहरु शिवजी प्रसाद राय, रामकिशोर साहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादीहरु टंक प्रसाद रिजाल, दशरथ भण्डारीसमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादी दशरथ शर्मा पराजुलीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/29
प्रतिवादी भिमकान्त भण्डारी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/28