पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालय, हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत, वरिष्ठ पशु चिकित्सक, कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष र कन्सलटेन्सीका सञ्चालकसमेत ७ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०३।२८ गते ।
----------------------------------------------------

पशु सेवा विभाग, पशुपन्छी वजार प्रवर्द्धन निर्देशनालयबाट विगत आ.व.मा पशु हाटवजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ, नगरपालिका वडा नं. ०५, जिरीखिम्ति, माझगाउँमा आम्फुवा पशुहाटबजार निर्माण गर्न अनुदान प्राप्त भएकोमा इष्टिमेटबमोजिमको निर्माण कार्य सम्पन्न नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.व. २०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यकममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ नगरपालिका, वडा नं.०५, जिरीखिम्ति, माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा इष्टिमेटबमोजिम कार्य नै नगरी रु. ४७,३७,६२९।६२  बढी भुक्तानी भएको देखिएकोमा उक्त कार्य भष्टाचार निवारण ऐन,२०५९ को दफा ८(१)(ङ), दफा ८(४) र दफा १९(२) बमोजिमको कसुर भएको हुँदा उल्लेखित कसुरमा संलग्न कर्मचारी, सहकारी संस्था र कन्सलटेन्सीका सञ्चालकउपर देहायबमोजिमको मागदाबी लिइएको छ ।

देहाय:

(१) पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालय, हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बँजगाई र वरिष्ठ पशु चिकित्सक पूजा शर्माले आ.व. २०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यकममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ नगरपालिका, वडा नं. ०५, जिरीखिम्ति, माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यको अस्वाभाविक दोस्रो वा अन्तिम रनिङ बिलको भुक्तानी स्थलगत अनुगमन र नापजाँच बिना आफुहरुलाई फाइदा हुने र नेपाल सरकारलाई रु.४७,३७,६२९।६२ हानी पुर्‍याउने गलत मनसाय राखी बदनियतपूर्ण तवरले निर्माण सम्पन्न गरेको कार्यभन्दा बढी कार्य गरेको देखाई बढी रकम भुक्तानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) खण्ड (ङ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरु बलराम थापा क्षेत्री, रामप्रसाद बँजगाई र पूजा शर्मालाई जनही रु. ४७,३७,६२९।६२ (सड्चालीस लाख सैतीस हजार छ सय उनान्तीस रुपैया बैसठ्ठी पैसा) बिगो कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद सजाय तथा बिगोबमोजिम जरिवाना गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको बिगोसमेत निजहरुबाट ऐ. ऐनको दफा ८ को  उपदफा (१) बमोजिम नै असुलउपर हुन समेत मागदाबी लिइएको छ । 
(२) किराँत याकथुम चुमलुङ (कि.या.चु.) कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश कुमार लिम्बु, व्यवस्थापक तेजमान कन्दङ्वा  र कोषाध्यक्ष गणेश बहादुर सोदेम्बाले आ.व. २०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ नगरपालिका, वडा नं. ०५, जिरीखिम्ति, माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा आफुहरुलाई फाइदा हुने र हुँदै नभएको कामको गलत मनसाय राखी बदनियतपूर्ण तवरले नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने गरी बढी बिल भरपाई पेश गरी सोही विल भरपाईको आधारमा बढी रकम भुक्तानी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले निजहरु गणेश कुमार लिम्बु, तेजमान कन्दङ्वा  र गणेश बहादुर सोदेम्बालाई जनही रु. ४७,३७,६२९।६२ (सड्चालीस लाख सैतीस हजार छ सय उनान्तीस रुपैया बैसठ्ठी पैसा) बिगो कायम गरी ऐ.ऐनको दफा ८(४) बमोजिम कैद सजाय र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको बिगो बमोजिम जरिवाना गरी बढी भुक्तानी लिएको बिगो रकम ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम निजहरुबाट जफत हुनसमेत मागदाबी लिइएको छ । 

(३)LIFE TIME ENGINEERING SOLUTION PVT. LTD., KATHMANDU का सञ्चालक रोशन भट्टराईले आ.व. २०७३/०७४ मा पशुहाटबजार निर्माण तथा सुधार कार्यकममार्फत तेह्रथुम जिल्ला म्याङलुङ, नगरपालिका, वडा नं. ०५, जिरीखिम्ति, माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको कार्य सम्पन्न मूल्याङ्‍कन प्रतिवेदन बनाई बदनियतपूर्ण तरिकाले आफूहरुलाई फाइदा हुने र नेपाल सरकारलाई हानी पुर्‍याउने गरी भए गरेको कुरा लुकाई नगरेको कुरा भएगरेको भनी गलत प्रतिवेदन दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज रोशन भट्टराईलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

जिल्ला नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने राम किशुन कुर्मी, अनन्त बढै, चन्द्रीका चमार, लोरिक अहिर र श्रीभदै केवट उपर प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/02
जिल्ला सिरहा, महावीर मा.वि. चैनपुरमा कार्यरत शिक्षक टिक बहादुर मगर उपर अध्यापन अनुमतिपत्र झुट्टा/नक्कली सम्बन्धी आरोपपत्र दायर।
2025/04/29
प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्का उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/29
जिल्ला सर्लाही, धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर, वडा अध्यक्ष समेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/28
मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक विशाल पण्डित समेत १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. उपर गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/27
प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र, सेभेन हिल्स प्रा.लि.का सञ्चालक अनिल शाह समेत ८ जना र सेभेन हिल्स प्रा.लि. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/27
मधेस प्रदेश, सामाजिक विकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र र वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्द प्रसाद साह ८ जना र सेभेन हिल्स प्रा.लि. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/27
मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठ, तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र र हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक विशाल पण्डितसमेत १५ जना र हस्पिटेक इन्टरप्राइजेज प्रा.लि उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/27
पचरौता नगरपालिका, बाराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादवसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/22