नेपाल बैक लिमिटेड मंलगवा शाखा, सर्लाहीको सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहसमेत ३ जनाउपर बिगो रु. ४२,००,०००।- कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०५।२२ गते।
------------------------------------------

सर्लाही जिल्लाको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको, हाल भवन बन्ने काम रोकिएको भन्ने उजुरी उपर अनुसन्धान हुँदा नेपाल बैंक लिमिटेड मलंगवा शाखाको नक्कली अग्रिम भुक्तानी जमानत बनाई रु.४२,००,०००।- भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएकोले र सो सम्बन्धमा देहायका उल्लेखित ब्यक्तिहरुले देहायबमोजिम कसुर गरेको देखिंदा निजहरुलाई देहायबमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
(क) नेपाल बैंक लिमिटेड मंलगवा शाखा, सर्लाहीको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली/पाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्‍ता र शिब नन्दन पासवानसगँको मिलोमतोमा रु. ४२,००,०००।- को नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरेको र सोही आधारमा रु. ४२,००,०००।- लोकबीर बेताली/पाँच कुमारी जे.भी.का शिबनन्दन पासवानले नगरपालिकाबाट भुक्तानी लिएको देखिएकोले निज सन्तोष बिक्रम शाहले उक्त रकम हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरजन्य कार्य भएकोले निजलाई बिगो रु. रु. ४२,००,०००।- (अक्षरुपी बयालीस लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल हुन मागदाबी लिइएको छ ।

(ख) लोकबीर बेताली/पाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्‍ता र शिब नन्दन पासवानले नेपाल बैंक लिमिटेड मलंगवा, सर्लाही शाखाका तत्कालीन सहायक सन्तोष विक्रम शाहसँगको मिलोमतोमा रु. ४२,००,०००।- को नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गर्न लगाई उक्त रकम भुक्तानीसमेत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) को कसुर गरेको हुँदा निजहरुउपर बिगो रु. ४२,००,०००।- (अक्षरुपी बयालीस लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय हुन र उक्त बिगो जफत समेत हुन मागदाबी लिइएको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

जिल्ला चितवन, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत तत्कालीन प्रशासनतर्फ बरिष्ठ सहायक कमला अधिकारी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/01/24
जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं.२६ बस्ने नन्दलाल पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/01/24
साविक आदर्श गा.वि.स. भवानीपुर जीतपुर, बाराका तत्कालीन गा.वि.स. सचिव आस महमद अन्सारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/01/20
पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/01/17
जिल्ला पर्सा, पोखरीया नगरपालिका वडा नं.२ का चन्दन कुमार मिश्र उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/01/15