महोत्तरीमा भष्‍टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न


मिति २०७६।०७।०५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको आयोजनामा भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी १(एक) दिने अन्तरक्रिया कार्यक्रम महोत्तरी जिल्लाको सदरमुकाम जलेश्‍वर स्थित जिल्ला समन्वय समिति, महोत्तरीको सभाहलमा सम्पन्‍न भएको छ । सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायधिवक्ता दिनेश प्रसाद घिमिरेज्यूको अध्यक्षता र जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेश प्रसाद सिंहको प्रमुख आतिथ्यतामा स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुलाई लक्षीत गरी सञ्‍चालन भएको उक्त कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका प्रमुख एवं अध्यक्षहरु, आयोगको कार्यालय बर्दिवासका प्रमुख सहसचिव नारायण प्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, विभिन्‍न स्थानीय तहका वडाअध्यक्षहरु, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु लगायत अन्य सरोकारवालाहरु सहित गरी ११७ (एक सय सत्र) जनाको उपस्थिति रहेको थियो ।
आयोगको प्रवर्धनात्मक रणनीति अन्तरगत संचालित उक्त कार्यक्रममा आयोगको कार्यालय, बर्दिवासका उपसचिव हरि प्रसाद घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने आयोगको कार्यालय बर्दिवासका प्रमुख नारायण प्रसाद सापकोटाज्यूले भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा सम्पूर्ण सरोकारवालाहरुको सक्रीयता, इमान्दारीता र प्रतिवद्धता आवश्यक रहने निष्कर्ष सहितको भष्‍टाचार नियन्त्रणमा आयोगको गतिविधिहरु समावेश भएको कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुती पश्‍चात भएको छलफल कार्यक्रममा सहभागीहरुले सक्रियताका साथ भ्रष्‍टाचारका गतिविधिहरु र आयोगको काम कारवाहीको बारेमा जिज्ञासा राख्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारीहरुले मन्तव्य राख्दै भ्रष्‍टाचार विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउनुभएको थियो । अन्तमा, कार्यक्रमका अध्यक्ष तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका सहन्यायधिवक्ता दिनेश प्रसाद घिमिरेज्यूले मन्तव्य राख्दै आयोगको कार्यक्षेत्र भित्रका भ्रष्‍टाचारजन्य तथा अनियमितताका गतिविधिमा संलग्‍न आयोग भित्र वा बाहिर जहाँसुकै वा जुनसुकै ओहदाका पदाधिकारी तथा कर्मचारीहरुलाई कानूनी कारवाहीमा ल्याउने कुरामा आयोग कटिवद्ध रहको कुरा बताउनु हुँदै आयोगले आफ्नो संस्थागत रणनीति अनुरुप नै प्रवर्द्धनात्मक, निरोधात्मक र दण्डात्मक कार्यहरु इमान्दारीका साथ सञ्‍चालन गर्दै आइरहेको बताउनुभयो ।  

 


  

Other News

‘घुस्याहा’हरुको प्रवृत्ति र बढ्दो भ्रष्टाचार - सागर पण्डित
2025/01/15
भ्रष्टाचार नियन्त्रणको कथनी र करनी - किशोर कुमार सिलवाल
2024/12/09
भ्रष्टाचारविरुद्ध महासंग्रामको नयाँ रुपरेखा - रामबहादुर तामाङ
2024/11/08
विकास आयोजना र सेवा प्रवाहमा सुशासन - सागर पण्डित
2024/11/06
अख्तियार सेवाको औचित्य - रामबहादुर तामाङ/ कृष्णबहादुर दहाल
2024/10/23
सुशासनमा प्रशासनिक योगदानको अत्यावश्यकता-सागर पण्डित
2024/10/09
सुशासनमा नवीन सोच-कवीन्द्र नेपाल
2024/09/07
सरकार ! भ्रष्टाचारका जरै उखेल-सागर पण्डित
2024/08/14
प्रधानमन्त्रीज्यू, भ्रष्टाचारविरुद्ध अभियान छेडौँ-सागर पण्डित
2024/07/31
नेपालमा भ्रष्टाचारको कारण तथा निराकरणका उपाय-गम्भीरबहादुर हाडा
2024/07/18