आयोगको आगामी ५ वर्षे संस्थागत रणनीति तयार गर्ने विषयमा प्रधान सम्पादक र सम्पादकहरु सँग अन्तरक्रिया कार्यक्रम |


 मिति २०७६।०४।०८ गते ।
---------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मिति २०७६।४।८ गते आयोगको आगामी ५ वर्षे संस्थागत रणनीति र आगामी दिनमा आयोगको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा विभिन्न संचार माध्यममा कार्यरत प्रधान सम्पादक/सम्पादक एवं वरिष्ठ पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो ।

आयोगको ५ वर्षे संस्थागत रणनीतिका महत्वपूर्ण पक्षहरुको प्रस्तुति गर्दै आरम्भ गरिएको कार्यक्रममा आयोगको संस्थागत रणनीतिलाई थप प्रभावकारी बनाउन वरिष्ट पत्रकारहरूबाट महत्वपूर्ण सुझावहरु प्राप्त भयो । वहाँहरुले प्रेस र आयोगका बीचमा निरन्तर संवाद बढाउन सुझाव दिनु भयो, विकेन्द्रीत भइरहेको नीतिगत भ्रष्टाचारप्रति आयोगले गम्भीर ध्यान दिनुपर्ने, अख्तियारको जनशक्तिलाई विशिष्टीकृत बनाउनु पर्ने आग्रह र प्रभावरहित आयोगका काम कारबाही पारदर्शी र स्वच्छ हुनुपर्ने लगायतका विषयमा महत्वपूर्ण सुझाव दिंदै भ्रष्टाचारमुक्त देश बनाउन सञ्चार माध्यमका तर्फबाट हरतरहको सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोगका तर्फबाट माननीय प्रमुख आयुक्त एवं आयुक्तज्यूहरुले छलफलका क्रममा उठेका जिज्ञासा एवं अस्पष्टताहरुलाई स्पष्ट पार्दै देशमा सुशासन र भ्रष्टाचारको अन्त्यका लागि आयोग प्रतिबद्ध रहेको जानकारी दिनुभयो । आयोगका गतिविधिहरु आग्रह र पूर्वाग्रहबाट मुक्त हुने, पद्धतिले काम गर्ने प्रणाली बनाइने, प्रविधियुक्त अनुसन्धान पद्धतिमा जोड दिइने भन्नु हुँदै आयोगका प्रमुख आयुक्तले विगतका सकारात्मक तथा नकारात्मक विषयबाट पाठ सिक्दै आयोग अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

Image may contain: 1 person, sitting, table and indoor

Download Now