जिल्ला महोत्तरी, मटिहानी नगरपालिका ५ नं वडा कार्यालयका वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर अब्दुल राईन रु. १०,०००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७८।०६।२४ गते ।
----------------------------------------------------

जिल्ला महोत्तरी, मटिहानी नगरपालिका ५ नं वडा कार्यालयका वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर अव्दुल राईनले जन्म दर्ताको सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निजहरुलाई सेवाग्राहीबाट रु.१०,०००।– (दश हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । 

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

Download