प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई, स्याउ जोन, डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुसलमानउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०५।०९ गते।
------------------------------------------

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, स्याउ जोन डोल्पाका कार्यालय प्रमुख  हश्मुल्लाह मुसलमानले दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटि गएको टोलीले निज हश्मुल्लाह मुसलमानलाई रु. २५,०००।– (पच्चीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई, स्याउ जोन, डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुसलमानले अनुदानको रकम भुक्तानी गरिदिने भनी रु.२५,०००।- घुस/रिसवत माग गरी लिने खाने बदनियतपूर्ण मनसाय राखी सेवाग्राहीसँग घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज हश्मुल्लाह मुसलमानलाई बिगो रु २५,०००।– (पच्चीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

 

Download