लुम्बिनी साँस्कृतिक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय लुम्बिनी, रुपन्देहीमा तत्कालीन खरिदार पदमा कार्यरत सुग्रीम कुर्मीउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७८।०३।२९ गते ।
-------------------------------------------------
लुम्बिनी साँस्कृतिक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय लुम्बिनी, रुपन्देहीमा तत्कालीन सहायकस्तर चौंथो (खरिदार) पदमा कार्यरत सुग्रीम कुर्मीको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेकोले आवश्यक कारबाही गरी पाऊँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले श्री माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली (झुठ्ठा) शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी सेवा प्रवेश गरेको तथा सोही प्रमाण-पत्रको आधारमा निज बढुवासमेत भएको देखिँदा निज सुग्रीम कुर्मीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज सुग्रीम कुर्मीउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको दण्ड सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
नारायण प्रसाद रिसाल
Tweet