नेपाल प्रहरीका प्रहरी हवल्दार बाबुराम घिमिरेसमेत २ जना उपर बिगो रु. ३,९९,५००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७८।०३।२९ गते ।
----------------------------------------

        सुन व्यवसाय सञ्चालन गरी बसेका व्यक्तिको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो (CIB) मा भएको मुद्दा मिलाई दिने भनी अर्का सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रहरी हवल्दार बाबुराम घिमिरेले रु.३,९९,५००।- घुस/रिसवत लिएको कसुरमा मुलुकी अपराध संहिता, २०७४ समेतको कसुरमा अनुसन्धान तहकिकात पुरा गरी केन्द्रीय अनुसन्धान व्यूरोले जिल्ला अदालतमा मुद्दा दायर गरेपछि आरोपित प्रहरी हवल्दार बाबुराम घिमिरे राष्ट्रसेवक भएको आधारमा भ्रष्टाचारको रोहमा पनि अनुसन्धान हुन प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोबाट नक्कल मिसिलसाथ पत्र प्राप्त भई उजुरी दर्ता सम्बन्धमा अनुसन्धान हुँदा प्रहरी हवल्दार बाबुराम घिमिरेले सेवाग्राहीलाई सुन तस्करको मुद्दा केन्द्रीय अनुसन्धान व्यूरोमा भएको नक्कली फाइल खडा गरी रकम नदिएमा पक्राउ गरी मुद्दा चलाउने डरत्रास धम्की दिई प्रतिवादी राजकुमार स्वर्णकारसँग मिली घुस/रिसवतवापत रकम माग गरी रु.३,९९,५००।-  लिएको पुष्टि हुन आएकोले निज प्र.ह. बाबुराम घिमिरेको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा निजलाई बिगो रु.३,९९,५००।-(तीन लाख उनान्सय हजार पाँच सय रुपैयाँ) कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिमको सजाय मागदाबी लिने र प्रतिवादी राजकुमार स्वर्णकारको हकमा निजले प्रहरी हवल्दार बाबुराम घिमिरेसँग मिली सेवाग्राहीबाट रु.३,९९,५००।- घुसवापत लिएको हुँदा निजले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरजन्य कार्य भएकोले निज राजकुमार स्वर्णकारलाई बिगो रु.३,९९,५००।- (तीन लाख उनान्सय हजार पाँच सय रुपैयाँ)  कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (२) को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदाफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता 
नारायण प्रसाद रिसाल 

 

Download
  

Other Press Release

तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याउने वदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/31
नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादब उपर बिगो रु. रु.५,७९,६२,४४०।३९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/29
जिल्ला जाजरकोट, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत ८ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/28
डिभिजन वन कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव उपर बिगो रु.७,३१,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/18