सार्वजनिक निर्माण कार्यान्वयन इकाई, गजुरी, धादिङमा कार्यरत सव-इजिनियर (करार) बिनोद सापकोटा रु. २०,०००/- घुस/रिसवतसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७८।०३।२३ गते ।
----------------------------------------------------

सामाजिक विकास मन्त्रालय वाग्मती, प्रदेश अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई, गजुरी, धादिङमा कार्यरत सव-इजिनियर (करार) बिनोद सापकोटाले खेलकुद मैदान निर्माण सम्पन्न गरी सो कार्यको लागि धरौटी राखेको रकम फिर्ता लिन जाँदा सेवाग्राहीसँग निर्माण सम्पन्न गरिदिए वापत रु. २०,०००।– दिनुपर्छ भनी घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटि गएको टोलीले निज बिनोद सापकोटालाई सेवाग्राहीबाट रु. २०,०००।– (वीस हजार रुपैयाँ) घुस/रिसवत लिएको अवस्थामा उक्त रकमसहित निजलाई जिल्ला धादिङ, थाक्रे गाउँपालिका वडा नं. २ स्थित हुलाकडाँडाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
 नारायण प्रसाद रिसाल

 

Download