जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. ३० का वडा सचिव (अधिकृत छैठौं तह) भरत कुमार पोखरेल रु. ४,००,०००।–अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।१२।०५ गते ।
------------------------------------------

जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. ३० का वडा सचिव (अधिकृत छैठौं तह) भरत कुमार पोखरेलले निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज भरत कुमार पोखरेललाई सेवाग्राहीबाट रु. ४,००,०००।– (चार लाख रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
नारायण प्रसाद रिसाल

Download