भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशी रु. २४,०००।–अतिरिक्त रकम र ५५,०००।– स्रोत नखुलेको रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।१२।०५ गते ।
------------------------------------------

भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीले जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीद्वारा निज लोकराज जोशीलाई सेवाग्राहीबाट लिएको रु. २४,०००।– (चौबीस हजार रुपैयाँ) र स्रोत नखुलेको रु.५५,०००।– (पचपन्न हजार रुपैयाँ) गरी जम्मा रु. ७९,०००।– (उनान्असी हजार रुपैयाँ) रकमसहित मालपोत कार्यालय कञ्चनपुर नजिकै रहेको सिटी क्याफे पछाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
नारायण प्रसाद रिसाल

 

Download