सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा-३ तोण्डिहवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासी रु. ५०,०००/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।१३ गते ।
----------------------------------------------------

सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा-३ तोण्डिहवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निजहरुलाई सेवाग्राहीसँग रु. ५०,०००/- (पचास हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ३ लोण्डिहवा स्थित एस.एन. सव इन्टरप्राइजेज प्रा.लि. अगाडीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

 

Download
  

Other Press Release