जिल्ला धादिङ, गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की रु. ९५,०००।– अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।०४ गते ।
----------------------------------------------------

जिल्ला धादिङ गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा निज इन्जिनियर पूजा कार्कीलाई रु. ९५,०००।– (पन्चानन्बे हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित गंगाजमुना गाउँपालिका वडा नं. ५, धादिङ स्थित निजको डेराकोठाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download