नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नो लाइट धनुषामा कार्यरत पाँचौं तहका सुपरभाइजर जगतनारायण साहसमेत ४ जना अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।१०।१६ गते ।
----------------------------------------------------
 
नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नो लाइट धनुषामा कार्यरत पाँचौं तहका सुपरभाइजर जगतनारायण साह, तेस्रो तहका इलेक्टिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवलकिशोर राउत र दोस्रो तहका मनोहरकुमार महतोले नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु. ५,०००।– (पाँच हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
 
सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

Download
  

Other Press Release