Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

यातायात व्यवस्था कार्यालय, जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसमेत २ जना रू. २,७३,८५०/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।१०।१४ गते ।
----------------------------------------------------

यातायात व्यवस्था कार्यालय, जनकपुरधाममा भैरहेको “स्काभेटर र लोडर” को सवारी चालक अनुमती पत्र (लाइसेन्स) वितरण गर्ने क्रममा सञ्चालित अन्तिम परिक्षाका परिक्षार्थीबाट अतिरिक्त रकम उठाइएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उक्त यातायात व्यवस्था कार्यालय, जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरको कोठामा खानतलासी गर्दा रु. २,२३,८५०।–र परीक्षार्थीहरुको पैसा बुझाउन ल्याएको भनिएका जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका, वडा नं. १० बस्ने बिचौलिया राज किशोर भगतको साथबाट समेत परीक्षार्थीहरुको नाम र दर्ता नं. भएको कागजात सहित रु. ५०,०००।– गरी निजहरु भोगेन्द्र कापर र राज किशोर भगतबाट जम्मा रु. २,७३,८५०।– (दुई लाख त्रीहत्तर हजार आठ सय पचास रुपैयाँ) बरामद भएकोले निजहरु दुबैलाई उक्त रकमसहित मिति २०७७।१०।१३ गते यातायात व्यवस्था कार्यालय, जनकपुरधामको कार्यालय परिसरबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

Download Now
  

Other Press Release

सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा-३ तोण्डिहवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासी रु. ५०,०००/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।
2021/02/25
जिल्ला मोरङ, औषधी व्यवस्था विभाग, शाखा कार्यालय बिराटनगरमा कार्यरत फार्मेसी अधिकृत (करार) सरोज सुवेदी रु. २,००,०००।– अतिरिक्त रकमसहित नियन्त्रणमा ।
2021/02/25
जिल्ला बारा स्थित मालपोत कार्यालयका कार्यालय प्रमुख नायब सुब्बा मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाल रु. ६,००,०००।– अतिरिक्त रकमसहित नियन्त्रणमा ।
2021/02/20
जिल्ला धादिङ, गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की रु. ९५,०००।– अतिरिक्त रकमसहित नियन्त्रणमा ।
2021/02/16
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाल रू. ८,०००/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।
2021/02/15
सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसमेत ४ जना स्रोत नखुलेको रु. १,९०,०००।- रकमसहित नियन्त्रणमा ।
2021/02/14