नापी कार्यालय, ललितपुरमा तत्काल कार्यरत कार्यालय प्रमुख बुद्धिमान जैसीसमेत १७ जना उपर बिगो रु. रु.२,०२,३३,६७१.८८ कायम गरी गैरकानूनी लाभ तथा हानी सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०९।२६ गते ।
----------------------------------------------------
 
 
जिल्ला ललितपुर साविक हरिसिद्धी गा.वि.स. वडा नं.१/क हाल ललितपुर महानगरपालिका वडा नं. २८ र साविक ऐ. धापाखेल गा.वि.स. वडा नं.१/घ(२) हाल ललितपुर महानगरपालिका वडा नं. २३ स्थित सिलौटेमा पर्ने कर्मनासा (कोड्कु) नामको सार्वजनिक खोला एवं सो खोला आसपासको सरकारी/सार्वजनिक जग्गा यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालय, ललितपुरका केही भ्रष्ट कर्मचारीहरूको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई सार्वजनिक जग्गासमेत प्लटिङ्ग गरी ब्यक्ति विशेषलाई बिक्री वितरण गर्न लागेकोले आवश्यक कारवाही गरी पाँउ भन्ने व्यहोराको उजूरीका सम्बन्धमा अनुसन्धान हुँदा राष्ट्रसेवक कर्मचारीहरू र उक्त कम्पनीहरूका संचालकहरुको एकआपसमा मिलेमतो, गैरकानूनी र प्रत्यक्ष संलग्नतामा ललितपुर जिल्ला साविक हरिसिद्धि गा.बि.स. वडा नं. १क, ऐ. धापाखेल गा.वि.स. वडा नं. १क तथा ऐ.१क/घ का हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. २८ र २३ का जग्गाहरूको जम्मा क्षेत्रफल ८-१२-३-२ (आठ रोपनी बाह्र आना तीन पैसा दुई दाम) सरकारी जग्गा हिनामिना गरेको पुष्टि हुन आएकोले राष्ट्रसेवक कर्मचारी भई आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानि नोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी लाभ एवं प्रत्यक्ष फाइदा पुर्‍याउने कार्य गर्ने गराउने तत्काल नापी कार्याल, ललितपुर र मालपोत कार्यालय, ललितपुरका कर्मचारीहरु, यूरो ल्याण्ड डेभलपर्स प्रा.लि., यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि. र काठमाडौं हस्पिटल प्रा.लि.का संचालकसमेतका आरोपीहरूको हकमा देहायबमोजिमको कसुरमा देहायबमोजिम हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
निम्न:
सि.नं. नामथर कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
कार्यालय प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशब थापा मगर  नापी कार्यालय, ललितपुर रु.२,०२,३३,६७१.८८ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (१) र दफा ४७ बमोजिम उक्त विगो असुलउपर गरी पाउन समेत मागदावी लिइएको छ ।
तत्काल कार्यालय प्रमुख उपसचिव बाबुराम खनाल, ना.सु. ख्याम नारायण पौडेल, ना.सु. दिनेश न्यौपाने र खरिदार  आत्माराम लुईटेल मालपोत कार्यालय, ललितपुर रु.२,०२,३३,६७१.८८ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (१) र दफा ४७ बमोजिम उक्त विगो असुलउपर गरी पाउन समेत मागदावी लिइएको छ ।
गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर  यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि.,यूरो ल्याण्ड डेभलपर्स प्रा.लि.का संचालकहरू  रु.२,०२,३३,६७१.८८ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (४) र दफा ४७ बमोजिम उक्त विगो जफतसमेत हुन मागदावी लिइएको छ ।
डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी र  श्रीमती दुर्गेस नन्दिनी भट्टचन  काठमाडौं अस्पताल प्रा.लि.का संचालकहरू  रु.२,०२,३३,६७१.८८ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (४) र दफा ४७ बमोजिम उक्त विगो जफतसमेत हुन मागदावी लिइएको छ ।

साथै, यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि., यूरो ल्याण्ड डेभलपर्स प्रा.लि., काठमाडौं हस्पिटल प्रा.लि.का कम्पनीहरूका संचालकहरू तथा सरकारी कर्मचारीहरूको एकआपसको मिलेमतो र साँठगाँठ तथा बदनियतबाट सार्वजनिक जग्गा कम्पनीको जग्गामा घुसाई कम्पनीको जग्गा बढाई नियमविपरीत Plotting गरी सर्वसाधारण व्यक्ति विशेषलाई सुक्रीबिक्री गरेका विभिन्न कित्ता जग्गाहरू तथा निज व्यक्तिहरूले पछि क्रमश: सुक्रीबिक्री गर्दै हाल कायम रहेका जग्गाधनीहरू ज्योत्सना जोशीसमेत ३३ जना निजहरु देवी मिश्र, अरुणा झा, एपेक्स कलेज प्रा.लि.का प्रतिनिधि सोमनाथ प्रसाई, कुमारी कंचन साह, कृष्ण साल्की, गोपाल तिमल्सिना, तीर्थ बहादुर कार्की, त्रिलोक राज शाक्य, देव नारायण तिमल्सिना, नारायण देवी मानन्धर, निर्मला शाक्य, पूर्ण गोविन्द लाखे श्रेष्ठ, विरो देवी यादव, भुवनेश्वरी पराजुली, पंकज पराजुली, मिना कुमारी कार्की राउत, यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि.का गुणीकाजी मानन्धर, रस्मी महर्जन, राजेन्द्र प्रसाद रुपाखेती, राज्य लक्ष्मी अमात्य, राम दुलारी देवी साह, राम माया महर्जन, रुपा श्रेष्ठ, लोक बहादुर डंगोल, लोकेश महर्जन, शकुन्तला श्रेष्ठ, शुशिल मानन्धर, सरिता कुमारी ठाकुर, सुनिल मानन्धर, सुरेन्द्र कुमार मण्डल, सोनिया पोख्रेलसमेतका व्यक्तिहरूका नाममा उल्लेखित सार्वजनिक जग्गा मिसिएको समेतको जग्गा रहेभएको जग्गाधनीहरूले पेश गरेका जग्गाधनी दर्ता स्रेस्ता, मालपोत तथा नापी कार्यालय, ललितपुरको विभिन्न पत्रहरूबाट एकिन हुन आएकोले आफूले किनेको सो जग्गामा सार्वजनिक जग्गा मिसिएको भन्ने थाहा जानकारी नभएकोले खरिद गरेको हो भन्ने व्यहोराको वयानसमेतका आधार प्रमाणलाई हेर्दा निजहरूको भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर अपराधमा कुनै संलग्नता नभएतापनि सो सार्वजनिक जग्गा कानूनबमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निजहरूलाई प्रतिवादी कायम गर्नुपर्ने भएकाले सरकारी सार्वजनिक जग्गा हाल निजहरुको नाममा रहे, भएको पाईएकोले निजहरुको हकमा सजायको मागदाबी लिन न्यायोचित नदेखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ४७ बमोजिम उक्त सार्वजनिक खोलाको जग्गा असुलउपर र जफत गरी नेपाल सरकारको नाममा कायम गरी पाउन मागदाबी लिई माथी उल्लेखित व्यक्तिहरूलाई समेत प्रतिवादी कायम गरिएको छ ।

 
प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नारायणी अस्पताल, वीरगंज, पर्साका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुरसमेत ९ जना र लुम्बिनी-मिसन जे.भी. उपर सार्वजनिक सम्पति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/04
जिल्ला नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने राम किशुन कुर्मी, अनन्त बढै, चन्द्रीका चमार, लोरिक अहिर र श्रीभदै केवट उपर प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/02
जिल्ला सिरहा, महावीर मा.वि. चैनपुरमा कार्यरत शिक्षक टिक बहादुर मगर उपर अध्यापन अनुमतिपत्र झुट्टा/नक्कली सम्बन्धी आरोपपत्र दायर।
2025/04/29
प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्का उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/29
जिल्ला सर्लाही, धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर, वडा अध्यक्ष समेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/28
मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक विशाल पण्डित समेत १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. उपर गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/27
प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र, सेभेन हिल्स प्रा.लि.का सञ्चालक अनिल शाह समेत ८ जना र सेभेन हिल्स प्रा.लि. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/04/27