ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव र स्थानीय व्यापारी विनोद साह रु. ६,०००/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।



प्रेस विज्ञप्ति:- मिति २०७७।०९।१७ गते ।
----------------------------------------------

ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादवले भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीद्वारा निज प्रहरी हवल्दार भोला यादवले सेवाग्राहीबाट रु. ६,०००।– (छ हजार) अतिरिक्त रकम लिई तत्कालै खाजा होटल संचालन गर्ने स्थानीय व्यापारी विनोद साहलाई राख्न दिएको अवस्थामा उक्त रकम सहित दुबै जनालाई हरिनगर गा.‌पा. वडा नं.- ४ हरिनगरा बजारबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
तारानाथ अधिकारी

Download