जिल्ला सर्लाही, बरहथवा नगरपालिका वडा नं. ६ स्थित नेपाल विद्युत प्राधिकरण, बरहथवा वितरण केन्द्र सर्लाहीमा कार्यरत इलेक्ट्रिसियन (तह-३) मनोज कुमार पाण्डे रु. ८,०००/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०८।२४ गते ।
----------------------------------------------------

जिल्ला सर्लाही, बरहथवा नगरपालिका वडा नं. ६ स्थित नेपाल विद्युत प्राधिकरण, बरहथवा वितरण केन्द्र सर्लाहीमा कार्यरत इलेक्ट्रिसियन (तह-३) मनोज कुमार पाण्डेले विद्युत मिटरको क्षमता बृद्धि गर्नको लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज मनोज कुमार पाण्डेलाई सेवाग्राहीबाट रु. ८,०००।– (आठ हजार) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित बरहथवा नगरपालिका वडा नं. ६, नयाँ नेपाल बैंक चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
तारानाथ अधिकारी

 

Download
  

Other Press Release