जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका-१३ ताहाचल स्थित बैदेशिक रोजगार कार्यालयमा कार्यरत हल्का सवारी चालक (करार) धन बहादुर तामाङ्ग र लेखापढी व्यवसायी रामानन्द चौधरी रु. ८,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०७।१९ गते ।
----------------------------------------------------

जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका-१३ ताहाचल स्थित बैदेशिक रोजगार कार्यालयमा कार्यरत हल्का सवारी चालक (करार) समिर भन्ने धन बहादुर तामाङ र लेखापढी व्यवसायीको काम गर्ने रामानन्द चौधरीले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृती लिन आएका सेवाग्राहीसँग काम छिटो गरीदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज रामानन्द चौधरीलाई सेवाग्राहीबाट रु. ८,०००।–(आठ हजार) घुस/रिसवत लिई सवारी चालक धन बहादुर तामाङलाई दिएको अवस्थामा उक्त रकमसहित दुबै जनालाई कार्यालय परिसरबाट मिति २०७७।०७।१८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।


प्रवक्ता 
तारानाथ अधिकारी

Download