जिल्ला सप्तरी, प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुसहित ३ जना रु.५०,०००।– घुस रकमसहित नियन्त्रणमा


प्रेस विज्ञप्ति:- मिति २०७७।०७।१६ गते ।
----------------------------------------------------
 
जिल्ला सप्तरी, प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुले पक्राउ गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सिकन्दर प्रसाद कानुले सेवाग्राहीबाट रु. ५०,०००।– (पचास हजार) घुस/रिसवत वापतको रकम लिई उक्त रकम सोही कार्यालयमा कार्यरत प्र.ज. रामईश्वर मण्डललाई दिई स्थानीय व्यापारी जयनारायण यादवलाई राख्न दिएको अवस्थामा निज सिकन्दर प्रसाद कानुसहित तीनै जनालाई तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १, बेल्ही सप्तरीबाट उक्त घुस रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
 
 
प्रवक्ता 
तारानाथ अधिकारी

Download
  

Other Press Release