मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धन बहादुर बुढा घुस/रिसवतसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०७।०४ गते ।
----------------------------------------------------

मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धन बहादुर बुढासमेतले जग्गा नामसारी गर्दा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले निज भुवन केशर खनाल र धन बहादुर बुढासमेतलाई सेवाग्राहीबाट रु. ५,०००।– (पाँच हजार) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट उक्त रकमसहित मिति २०७७।०७।०३ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
तारानाथ अधिकारी

Download