इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हबल्दार शिवचन्द्र सहानी र निजको श्रीमती निर्मला केवट रु. ४,००,०००।- घुस/रिसवतसहित नियन्त्रणमा


प्रेस विज्ञप्ति:- मिति २०७७।०७।०१ गते ।
----------------------------------------------------
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हबल्दार शिवचन्द्र सहानी र निजको श्रीमती निर्मला केवटले धरौटीमा छुटाईदिन सहयोग गरेबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज शिवचन्द्र सहानी र निजको श्रीमती  निर्मला केवटलाई सेवाग्राहीबाट रु. ४,००,०००।– (चार लाख) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०७७।०६।३० गते सियारी गा.पा. वडा नं. ७ स्थित खनाल मिठाई पसल नजिकबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
तारानाथ अधिकारी

Download