Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतो रु. १०,०००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०५।०१ गते ।
----------------------------------------------------

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतोले फर्मको दर्ता प्रमाण-पत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज शिव शंकर महतोलाई सेवाग्राहीबाट रु. १०,०००।– (दश हजार) घुस/रिसवत बापतको रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
तारानाथ अधिकारी

Download Now