सव-डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसहित ६ जना अनुसन्धानको लागि नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।२८ गते । 
---------------------------------------------

सव-डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसमेतले सेवाग्राहीसँग  रु. १७,०००।– (सत्र हजार) घुस/रिसवत लिएको भन्ने उजुरी निवेदन अनुसार इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटि गएको प्रहरी टोलीले खानतलासी गर्दा घुस/रिसवत बापतको रकम फेलापरी निज सहायक वन अधिकृत शिवनारायण यादव, सव-डिभिजन वन कार्यालय लालबजार रामपुर, उदयपुरका प्रमुख (सहायक वन अधिकृत) बिनोद कुमार साह, फोरेष्टर रमेश राई, सव- डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षक द्वय शैलेन्द्र झा, मनोज कुमार राउतलाई नियन्त्रणमा लिई सो कार्यालयको पत्रसहित मिति २०७७।०४।२७ गते आयोगको कार्यालय इटहरीमा दाखिला हुन आएकोले थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
तारानाथ अधिकारी

Download