बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाय स्रोत नखुलेको रकम रु. ८,९८,०००/-सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।१९ गते । 
---------------------------------------------

बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायले स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा.२ झ. १८७३ नं. को गाडीमा यात्रा गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिगएको टोलीले निज प्रमोद भट्टराई र विष्णु रोकायलाई स्रोत नखुलेको रु.३,४८,०००/- र बिभिन्न मितिको बैंक भौचर रु. ५,५०,०००।– गरी कुलजम्मा रु.८,९८,०००/- (आठ लाख अन्ठानब्बे हजार) सहित सैनामैना नगरपालिका वडा नं. १० रुपन्देहीबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
तारानाथ अधिकारी

Download
  

Other Press Release