जिल्ला रुपन्देही, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी (चेन म्यान) विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादव रु. ४,००,०००।- घुस रकमसहित नियन्त्रणमा
प्रेस विज्ञप्ति:- मिति २०७७।०४।१३ गते ।
---------------------------------------------
जिल्ला रूपन्देही, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी (चेन म्यान) विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवलाई रु. ४,००,०००/- (चार लाख) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित सेञ्न्चुरी कमर्सियल बैंक लिमिटेड, शाखा कार्यालय भैरहवाको परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
तारानाथ अधिकारी
Tweet