जिल्ला कैलाली चुरे गाउँपालिका घरखेडामा कार्यरत सव-इन्जिनियर चन्द्रदेव भट्ट रु. २०,०००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।०७ गते । 
---------------------------------------------

जिल्ला कैलाली चुरे गाउँपालिका घरखेडामा कार्यरत सव-इन्जिनियर चन्द्रदेव भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसके पश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले निज चन्द्रदेव भट्टलाई सेवाग्राहीबाट रु. २०,०००/- (बीस हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित धनगढी उप-महानगरपालिका वडा नं. १ स्थित शान्ति वाटिका पार्क चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
तारानाथ अधिकारी

Download
  

Other Press Release