कल्याणपुर नगरपालिका, सिरहाका नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त कुमार मण्डल र निजका छोराको साथी जितेन्द्र महतो रू.५,००,०००।- घुस/रिसवतसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०३।३१ गते । 
---------------------------------------------
 कल्याणपुर नगरपालिका, सिरहाका नगरप्रमुख सूर्यनाथ मण्डलले D.P.R. गर्ने कार्य सम्पन्न गरेको कामको भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरि उक्त रकम निज आफ्नो छोरालाई लिन पठाएको छ भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिगएको टोलीले निजको छोरा सन्त कुमार मण्डललाई रू.१,००,०००/- (एक लाख) र सँगै आएका निजका छोराको साथी जितेन्द्र महतोलाई रू.४,००,०००/- (चार लाख) गरी जम्मा रू.५,००,०००/-(पाँच लाख) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित दुबै जनालाई लहान नगरपालिका वडा नं. २२ स्थित रादेजवी चौकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
 प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release