जिल्ला काठमाडौ बुढानिलकण्ठ न.पा. चपली बस्ने जग्गा व्यवसायीसँग जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ भनी अपराधिक लाभ लिन खोज्ने ९ जना नियन्त्रणमा ।
प्रेस विज्ञप्ति:- मिति २०७७।०३।२६ गते ।
----------------------------------------------------
जिल्ला काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं. २ चपली बस्ने जग्गा व्यवसायीसँग जग्गाको विषयमा अ.दु.अ. आयोगमा उजुरी परेको छ भनी अपराधिक लाभ लिन खोजी मोवाइल फोनबाट सूचना कर्तालाई पटक-पटक मिसकल गर्ने, फोन रिसिभ गर्दा आफूलाई अनुसन्धान अधिकृत भनी अख्तियारमा उजुरी परेको छ, अनुसन्धान प्रकृया अगाडि बढेको भनी जानकारी गराउने, अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुस जस्ता एस.एम.एस. पठाउने, फोन गरी भेट्न बोलाई डर धाकधम्की देखाई बार्गेनिङ गरी रकम मिलाएको भन्ने सूचना एवं उजुरीका आधारमा आयोग तथा महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले उक्त रकम लिन आएको अवस्थामा आफूलाई जोतिष भन्ने अर्जुन कुमार थापाक्षेत्री, विजय रावल, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भु प्रसाद रेग्मी, शंकर बिक्रम खड्का, श्याम सिंह थापा र विवेक पोखरेललाई काठमाडौं जिल्ला का.म.न.पा. गौरीघाट, गौशाला र पुरानो बानेश्वर क्षेत्रबाट मिति २०७७।०३।२५ गते नियन्त्रणमा लिई निजहरुलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा टेकुमा पठाइएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Download