सडक विभागअन्तर्गत हाल मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङ्गमा कार्यरत सि.डि.ई. जितेन्द्र राज शाक्यउपर बिगो रु. २,२५,०४,०१०।७८ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२५ गते ।
-------------------------------------------------
 
           सडक विभागअन्तर्गत हाल मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङ्गमा कार्यरत सि.डि.ई. जितेन्द्र राज शाक्यसमेतको मिलेमतोमा १०५ वटा नक्कली कोटेशन बनाई पाँच करोडभन्दा बढी हिनामिना गरी अकूत सम्पत्ति आर्जन गरेकोले निजको सम्पत्तिसमेत छानबिन गराई पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जितेन्द्र राज शाक्यले सार्वजनिक सेवामा प्रवेश मिति २०३४।०४।०२ देखि मिति २०७६।०३।३१ सम्मको जाँच अवधिमा निजले वैध आय रू. १,५६,०६,४८०।०९ (अक्षरेपी एक करोड छपन्न लाख छ हजार चार सय असी रुपैया नौ पैसा मात्र) आर्जन गरेको देखिन आयो । 
सोही जाँच अवधिमा निजले विभिन्न शीर्षकहरुमा रु.३,८१,१०,४९०।८६ (अक्षेरूपी तीन करोड एकासी लाख दश हजार चार सय नब्बे रूपैया र छयासी पैसा मात्र) लगानी तथा खर्च गरेको देखिएकोले उक्त अवधिमा निजको आर्थिक गतिविधि रु.२,२५,०४,०१०।७८ (अक्षरेपी: दुई करोड पच्चीस लाख चार हजार दश रुपैया र अठ्हत्तर पैसा मात्र) बराबरको भाग (अर्थात ५९.०५%) स्रोत खुल्न आएन, स्रोत नखुलेको सम्पत्ति निजले गैरकानूनी रुपमा आर्जन गरेको स- प्रमाण पुष्टि हुन आएकोले जितेन्द्र राज शाक्यले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजलाई विगो रु. २,२५,०४,०१०।७८ कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख  भएबमोजिम सोही ऐनको  दफा ३ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुन मागदावी लिनुका साथै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ग., दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम अपुग बिगो निजको चलअचल सम्पत्तिबाट जफत गरी कानूनबमोजिम असुल उपर गर्न मागदाबी लिइएको छ ।
 
साथै निज जितेन्द्र राज शाक्यले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु निजले आफू लगायत श्रीमती मिथिला शाक्यका नाममा जग्गा खरिद तथा बैंक वित्तीय संस्थाहरूमा नगद जम्मा, छोरीहरू ज्योत्सना शाक्य र उन्नती शाक्यको विदेश तथा स्वदेशमा अध्ययनमा खर्च, शेयर खरिद, सवारी साधन खरिद, बैंकमा मुद्दति खाता खोली रकम जम्मा गरेको एवं बैंकका बचत खाताहरुमा रकम मौज्दात रहे-भएकोले निज जितेन्द्र राज शाक्यले आर्जन गरेका स्रोत नखुलेका सम्पत्ति तथा खर्च लगानीहरुमा स्रोत नखुलेका बराबरका भाग जफत गर्नुपर्ने भएकोले निज जितेन्द्र राज शाक्यले खरिद गरी राखेका स्रोत नखुलेका सम्पत्ति घर जग्गाहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका शेयरहरु र बैंक मौज्दातहरु निज जितेन्द्र राज शाक्य लगायत श्रीमती मिथिला शाक्य नाममा कायम रहेको देखिंदा सम्पत्तिहरुसमेतबाट असुल तथा आर्जित सम्पत्ति एवं खर्च लगानीहरुका स्रोत नखुलेको बराबरको भाग जफत गर्नुपर्ने भएकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम निज जितेन्द्र राज शाक्यको श्रीमती मिथिला शाक्यलाई सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, निर्देशक/बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठसमेत १९ जना र २ वटा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/28
जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत ५ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/27
बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासमेत ४ जना र Dev International Pvt. Ltd. उपर राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/26
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/25
सामाजिक विकास इकाई कार्यालय, राजविराज, ‍सप्तरीका सव-इन्जिनियर अजय रजक उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/22
काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीउपर रु.३,२१,३२,९५६।७५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/21
जिल्ला सर्लाही, हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल, वडाध्यक्षसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18
ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इन्जिनियर, प्रधानाध्यापकसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18