नेपाल विद्युत प्राधिकरण, हेटौडा वितरण केन्द्र, हेटौडाका हेल्पर नन्द प्रसाद फुँयाल उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२१ गते ।
---------------------------------------------------
नेपाल विद्युत प्राधिकरण, हेटौडा वितरण केन्द्र हेटौडाका हेल्पर नन्द प्रसाद फुँयालले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाई पेश गरी कार्यरत रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले श्री जनता माध्यमिक विद्यालय सिमराढी गढी धनुषाबाट कक्षा-८ उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी मिति २०७१।१२।०२ गतेदेखि कार्यालय सहोगी पदमा स्थायी नियुक्ति लिई सेवामा बहाल रही लाभसमेत लिई रहेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर देखिएको हुँदा निज कार्यालय सहयोगी नन्द प्रसाद फुँयाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Download