घरेलु तथा साना उद्योग कार्यालय, कलैया, बाराका कार्यालय सहयोगी (करार) खेमराज चौधरीले रू.१०,०००।- घुस/रिसवतसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०३।१७ गते । 
---------------------------------------------
घरेलु तथा साना उद्योग कार्यालय, कलैया, बाराका कार्यालय सहयोगी (करार) खेमराज चौधरीले होटेल संचालन लागि अनुमति पत्र बनाई दिनका लागि सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिगएको टोलीले निज खेमराज चौधरीलाई रु.१०,००० (दस हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजकै कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

 प्रवक्ता
 प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release