हरिपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीमा कार्यरत लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रंजित कुमार राय यादव रु.४,०००/- रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।०९ गते । 
--------------------------------------------

हरिपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीमा कार्यरत लेखा अधिकृत भुपेन्द्र कुमार सिंह (अधिकृतस्तर छैठौं तह) र लेखापाल रंजित कुमार राय यादव (सहायकस्तर पाँचौ तह) ले विज्ञापन प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रंजित कुमार राय यादवलाई रु.४,०००/- (चार हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजहरूकै कार्यालय भवन भित्रबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release