गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेत ४ जना उपर बिगो रू.२६,१६,०१०/- कायम गरी रकम हिनामिना गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।२३ गते। 
----------------------------------------------
गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको भन्ने समेत व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रा.लि. बीच न्यूज प्रिन्ट कागज खरिदसम्बन्धी सम्झौतामा भन्सार महशुलबापतको सम्पूर्ण रकम प्रिन्टसेल कम्पनीकै हुने भन्ने स्पष्ट व्यहोराको सम्झौताविपरीत तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेतको मिलेमतोमा आफूलाई फाईदा र सम्झौताको शर्तविपरीत भन्सार छुट गराई सार्वजनिक संस्थान गोरखापत्र संस्थानलाई हानि नोक्सानी गराई रू.२६,१६,०१०/- प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा हुने गरी भन्सार छुट सिफारिस र भुक्तानी दिने लिने कार्य गरेको पुष्टि हुन आएकोले देहायबमोजिमका व्यक्तिहरुलाई देहायबमोजिम सजायको मागदाबी लिइएको छ ।
 
(क) गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालाले भन्सार छुटको सम्पूर्ण दायित्व प्रिन्टसेल कम्पनीको हुने भन्ने सम्झौताको विपरीत गोरखापत्र संस्थानको तर्फबाट भन्सार छुटको लागि गलत सिफारिस गरी आपूर्तिदाता कम्पनीलाई केही रकम पेश्की भुक्तानीसमेत गरी भन्सार छुटबापतको रू.२६,१६,०१०/- रकम गोरखापत्र संस्थानलाई हानि नोक्सानी गराई प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा हुने कार्य गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ९ र ऐ. ऐनको दफा १७ बमोजिम कसुर भएकोले निज सुशील कोइरालालाई रू.२६,१६,०१०/- (छब्बीस लाख सोह्र हजार दश) बिगो कायम गरी  भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ९ बमोजिम र ऐ. ऐनको दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
 
(ख) गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायले प्रिन्टसेल इमेजिङ कम्पनी प्रा.लि.लाई भन्सार छुटबापत गोरखापत्र संस्थानले सिफारिस गरिसकेको अवस्थामा सो सिफारिसअनुसार भएको भन्सार छुट रकमलाई नजरअन्दाज गरी प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा र गोरखापत्र संस्थानलाई हानी हुने गरी बदनियतपूर्ण तरिकाले पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौताअनुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी गोरखापत्र संस्थानलाई रू.२६,१६,०१०/- रकम हानि नोक्सानी गराएकोले निजको उक्त कार्य भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको देखिएकोले निज बसन्त प्रकाश उपाध्यायलाई बिगो रू.२६,१६,०१०/- (छब्बीस लाख सोह्र हजार दश) कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
 
(ग) गोरखापत्र संस्थानका तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरीले प्रिन्टसेल इमेजिङ कम्पनी प्रा.लि.लाई भन्सार छुटबापत गोरखापत्र संस्थानले सिफारिस गरिसकेको अवस्थामा सो सिफारिसअनुसार भएको भन्सार छुट रकमलाई नजरअन्दाज गरी प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा र गोरखापत्र संस्थानलाई हानी हुने गरी बदनियतपूर्ण तरिकाले पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौताअनुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी गोरखापत्र संस्थानलाई रू.२६,१६,०१०/- रकम हानि नोक्सानी गराएकोले निजको उक्त कार्य भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको देखिएकोले निज रामसुन्दर चौधरीलाई बिगो रू.२६,१६,०१०/- (छब्बीस लाख सोह्र हजार दश) कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
 
(घ) कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रा.लि.का संचालक दिपक कुमार भंसालीले सम्झौताअनुसार सम्पूर्ण भन्सार शुल्क आफ्नो कम्पनीले नै सम्झौताअनुसारको रकमबाट नै व्यहोर्नु पर्नेमा सम्झौता शर्तविपरीत भन्सार छुटको लागि सिफारिस माग गरी रू.२६,१६,०१०/- भन्सार छुट गराई सम्झौताबमोजिमको सम्पूर्ण रकमसमेत सोही कम्पनीले नै भुक्तानी लिई कम्पनीलाई लाभ र गोरखापत्र संस्थानलाई ग्रैह्रकानुनी हानी पुर्‍याउने बदनियतले काम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको देखिएकोले निज दिपक भंसालीलाई रू.२६,१६,०१०/- (छब्बीस लाख सोह्र हजार दश) बिगो कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र ऐ. दफा बमोजिम बिगो असुल उपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत ५ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/27
बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासमेत ४ जना र Dev International Pvt. Ltd. उपर राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/26
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/25
सामाजिक विकास इकाई कार्यालय, राजविराज, ‍सप्तरीका सव-इन्जिनियर अजय रजक उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/22
काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीउपर रु.३,२१,३२,९५६।७५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/21
जिल्ला सर्लाही, हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल, वडाध्यक्षसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18
ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इन्जिनियर, प्रधानाध्यापकसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18
नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौला उपर रु.१,६१,२०,००४।३० बिगो कायम गरी गैरकानूनी व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/17