बीरगञ्ज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, १६ नं. वडा कार्यालयका वडाअध्यक्ष श्याम बाबु प्रसाद चौरसियासहित ३ जना उपर राजस्व छली गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।०९ गते ।
-------------------------------------------------
पर्सा जिल्ला, बीरगञ्ज महानगरपालिका वडा नं. १६ का वडा अध्यक्षले जहराती मिया धुनियाको जग्गामा गलत घरबाटो सिफारिस गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा बीरगञ्ज महानगरपालिका वडा नं. १६ साबिक इनर्वाभाठा (वी) वडा नं. ५ को जग्गाधनी जहराती मिया धुनियाको जग्गामा २८ फीटको पीच बाटो देखिएको र मालपोत कार्यालय, पर्साको आ.ब. २०७४।०७५ को जग्गाको न्यूनतम मूल्याङ्कन पुस्तिकाबमोजिम उक्त जग्गाको न्यूनतम मूल्याङ्कन प्रतिकठ्ठा रु.६०,००,०००।- (साठी लाख) देखिएबमोजिम जग्गाधनी जहराती धुनियाले ग्यान्तीदेवीलाई मिति २०७४।१२।१९ मा राजीनामा लिखत पारित गरी बेचेको ज.वि. ०-०-११ (एघार धुर) जग्गाको न्यूनतम मूल्याङ्कन रु.३३,००,०००।- (तेत्तीस लाख) हुनुपर्नेमा गलत घरबाटो सिफारिसको आधारमा १५ फीटको ग्राबेल बाटो देखाई रु.२५,३०,०००।- (पच्चीस लाख तीस हजार) बराबरको थैली रकम कम राखेको देखियो । थैली रकम कम राखेको कारणबाट जग्गा किनबेच गर्दा उक्त जग्गाबाट प्राप्त हुने रजिष्ट्रेशन दस्तुर रु.९४,८७५।- (चौरानब्बे हजार आठ सय पचहत्तर) र पुँजीगत लाभकर रु.८२,५०० (बयासी हजार पाँचसय मात्र) गरी जम्मा रू.१,७७,३७५।- (एक लाख सतहत्तर हजार तीनसय पचहत्तर) कम हुने गरी राजस्व दाखिला भई राजस्वमा हानी पुर्‍याउने, गलत लिखत तयार गर्ने,  गैरकानूनी लाभ वा हानी पुर्‍याउनेसमेतको भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले देहायबमोजिमका व्यक्तिहरूलाई देहायबमोजिम सजायको मागदाबी लिइएको छ ।

(क) बीरगञ्ज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, १६ नं. वडा कार्यालयका वडाअध्यक्ष श्याम बाबु प्रसाद चौरसियाले मिति २०७४।१२।१३ मा जहराती मिया धुनियाको बीरगञ्ज महानगरपालिका वडा नं. १६ को घरबाटो सिफारिस गर्दा २८ फीटको पीच बाटो भएको प्राप्त सिफारिस पत्र नराखी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने  बदनियतले निज वडाअध्यक्ष श्याम बाबु प्रसाद चौरसियाले १५ फीटको ग्राबेल बाटो भनी गलत लिखत तयार गरी घरबाटो सिफारिस गरेकोले सोही सिफारिसको आधारमा जहराती मिया धुनियाले उत्तरतर्फबाट कित्ताकाट भई हालको कित्ता नं. ५३९ को क्षेत्रफल ज.वि. ०-०-११ (एघार धुर) जग्गा मिति २०७४।१२।१९ मा मालपोत कार्यालय, पर्सामा ग्यान्ती देवीलाई बिक्री गर्दा ज.वि. ०-०-११ (एघार धुर) जग्गाको रु.३३,००,०००।- (तेत्तीस लाख) न्यूनतम मूल्याङ्कन हुनुपर्नेमा रु.७,७०,०००।- (सातलाख सत्तरी हजार) न्यूनतम मूल्याङ्कन राखेकोले रु.२५,३०,०००।- (पच्चीस लाख तीस हजार) कम मूल्याङ्कन भई पुँजीगत लाभकर बापतको रु.८२,५००।- (बयासी हजार पाँच सय)  र रजिष्ट्रेशन दस्तुर बापतको रु.९४,८७५।- गरी कुल रु.१,७७,३७५।- (एक लाख सतहत्तर हजार तीनसय पचहत्तर) कम राजस्व राजस्व दाखिला भएकोले निज श्याम बाबु प्रसाद चौरसियालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) र दफा ९ बमोजिमको कसूरमा बिगो रु.१,७७,३७५।- (एक लाख सतहत्तर हजार तीनसय पचहत्तर) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (३) र दफा ९ बमोजिमको सजाय हुन मागदाबी लिइएको छ । 

(ख) जग्गा बिक्रीकर्ता जहराती मिया धुनियाले बीरगञ्ज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, १६ नं. वडा कार्यालयबाट मिति २०७४।१२।१३ मा प्राप्त गरेको बीरगञ्ज महानगरपालिका वडा नं. १६ को २८ फीटको पिच बाटो उल्लेख गरेको सक्कल घरबाटो सिफारिस पेश नगरी राजस्व छल्ने उद्देश्यले १६ नं. वडा कार्यालको वडाअध्यक्ष श्याम बाबु प्रसाद चौरसियासँग मिलेमतो गरी १६ नं. वडा कार्यालयबाट जारी भई वडाअध्यक्ष श्याम बाबु प्रसाद चौरसियाको हस्ताक्षर भएको १५ फीटको ग्राबेल बाटो भएको गलत घरबाटो सिफारिसको पत्र राखी राजस्व छल्ने मनसायले ११ धुर जग्गाको न्यूनतम मूल्याङ्कन रु.३३,००,०००।- (तेत्तीस लाख) हुनुपर्नेमा रु.७,७०,०००। (सात लाख सत्तरी हजार) को थैली राखी जग्गा बिक्री गरी पुँजीगत लाभकरसमेत नतिरी राजस्व चुहावट गरेको स्पष्ट देखिएबाट निज बिक्रीकर्ताले सो जग्गाको लागत मूल्य घोषणा गरेको भन्ने नदेखिँदा निज जहराती मिया धुनियाले नेपाल सरकारले निर्धारित गरेको नियम वा कार्यविधि वा स्वीकार गरेको शर्त उल्लंघन हुने गरी प्रचलित कानूनद्वारा निर्धारित पुँजीगत लाभकर नतिरी नेपाल सरकारलाई हानिनोक्सानी पारेको पुष्टि हुन आएकोले निज जहराती मिया धुनियाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम को कसुर भएकाले बिगो रु.८२,५००।-(बयासी हजार पाँचसय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (४) बमोजिम बिगो रकम असुलउपर गरी जफत हुन मागदाबी लिइएको छ । 

(ग) जग्गा खरिदकर्ता ग्यान्ती देवीले बीरगञ्ज महानगरपालिकामा जग्गा बिक्रीकर्ता जहरानी मिया धुनिया र जग्गा खरिदकर्ता ग्यान्ती देवीले बीरगञ्ज महानगरपालिका वडा नं. १६ को कि.नं. ३२८ को ज.वि. ०-२-३-८ को जग्गाको लागि घरबाटो सिफारिसको लागि संयुक्त रूपमा बीरगञ्ज महानगरपालिकामा निवेदन दिएकोमा नगर कार्यपालिकाको कार्यालय, बीरगञ्जबाट २८ फीटको पीचबाटो रहेको घरबाटो सिफारिस पत्र प्राप्त गरेकोमा सो सिफारिस नराखी कानूनबमोजिम बुझाउनु पर्ने रजिष्ट्रेशन दस्तुर कम तिर्ने मनसायले १६ नं. वडा कार्यालयबाट जारी वडाअध्यक्षको हस्ताक्षर रहेको १५ फीटको ग्राबेल बाटो उल्लेख गरेको गलत सिफारिस पत्र राखी रु.३३,००,०००।- (तेत्तीस लाख) मूल्य राखी थैली कायम गर्नुपर्नेमा रु.७,७०,०००।- (सात लाख सत्तरी हजार) थैली राखी सोहीबमोजिम कम रजिष्ट्रेशन दस्तुर तिरी जग्गा खरिद गरेको देखिएबाट जग्गा खरीदकर्ता ग्यान्ती देवीले नेपाल सरकारले निर्धारित गरेको नियम वा कार्यविधि वा स्वीकार गरेको शर्त उल्लंघन हुने गरी प्रचलित कानूनद्वारा निषेधित तवरबाट कार्य गरेको पुष्टि हुन आएकोले निज ग्यान्ती देवीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरमा निजले रजिष्ट्रेशन दस्तुरबापत कम तिरेको राजस्व रु.९४,८७५।- (चौरानब्बे हजार आठसय पचहत्तर) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (४) बमोजिम बिगो रकमसमेत असुलउपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16